टाेखालाइभ डट कम/ फाल्गुन २०
टाेखा नगरपालिकामा फागुन २३ गतेदेखि कोरोना विरुद्धको काेभिड-१९ खोप अभियान सुरु गरिने भएको छ। टाेखा नगरवासीलाई खोप लगाउन जानू पुर्व आफुलाई पाएक पर्ने स्थानमा गएर उमेर खुल्ने नेपाल सरकारबाट जारी भएको परिचयपत्र लिएर जानुहुन समेत नगरवासीहरुमा टाेखा नगरपालिकाले अनुरोध गरेको छ।
टाेखा नगरपालिकाका वडावासी नागरिकहरु लक्षित काेभिड-१९ खोप अभियानको लागी तीन वटा केन्द्रहरु पनि टाेकिएको छ। ती केन्द्रहरुमा टोखा नगरपालिकाको वडा नं. १,२ र ३ को खोप केन्द्र ‘टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र ‘टोखा , टोखा नगरपालिकाको वडा नं. ४,५,६,७,र ८ को खोप केन्द्र ‘ग्राण्डी ईन्टरनेशनल अस्पताल’ र टोखा नगरपालिकाको वडा नं.९, १० र ११ को खोप केन्द्र ‘अल नेपाल अस्पताल’ सामाखुसि
टाेकिएको टोखा नगरपालिकाकि उप – प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन्।
यस चरणमा फागुन २३ गते देखि चैत्र २ सम्म ६५ वर्षदेखि माथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइनेछ भने त्यस्तै चैत्र ४ गते देखी चैत्र १५ गतेसम्म ५५ वर्षदेखी ६४ वर्ष सम्मका उमेर समुहका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने टाेखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनुभयो।


