शोभा तामाङ/टाेखालाइभ डट कम
फागुन १९ , काठमाडौं ।टोखा नगरपालिका ६ को हरियाली बस्तीमा सडक ढलान सम्पन्न भएको छ। सहरी बिकास मन्त्रालय काठमाडौं उपत्यका बिकास प्राधिकरणको सहयोगमा सडक निर्माण भएको हरियाली बस्तीबाट टोखा वडा नम्बर ८ जोडिने सडक ढलान भएको हो । निर्माण हुन लागेको उक्त सडक अनुगमनको लागि माननीय ईश्वर पोख्रेल, प्रदेश सभा सदस्य दिपक निरौला सहित टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल सहित सहरी बिकास मन्त्रालयका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो। माननीय उप प्रधानमन्त्री ईश्वर पोख्रेल, प्रदेश सभा सदस्य दिपक निरौला सहित टोखा नगरपालिकाको पहलमा उक्त हरियाली वस्ती सडकको ढलान गरिएको हो । यस आयोजनामा खानेपानी, ढल निकास तथा विविध पूर्वाधारहरुलाई मध्यनजरमा राखी निर्माण भएको हो।
ढलान भएको सडकलाई केही दिनमै सञ्चालनमा ल्याउने टोखा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य चन्द्र श्रेष्ठले बताउनुभयो भने आफुहरु यसैगरी आफ्नो निर्वाचन क्षेत्रको विकासका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न आफुहरु प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।
आयोजनाको नाम construction of road with rigid pavement ani laying of RCC hume pipe, Tokha 06 अनि ०८ दिएको उक्त आयोजना निर्माण व्यवसायहरु sammantar/kamaljit /Uma and com.JV लाई दिएको थियो । उक्त ठेक्काको सम्झौता मिति २०७७/०२/२० रहेको थियो भने २०७७/१०/३० गते सम्पन्न भइसक्नुपर्ने रहेको थियो ।

