• Sanu Raj Dangol

    • १८ फाल्गुन २०७७, मंगलवार १८:१६

    स्व.गजराज जोशीको अर्धकदको सालिक बन्ने:-

    टाेखालाइभ डट कम / फागुन १८

    सन् १९५१ प्रथम एशियाली खेलकुद (नयांदिल्ली)मा सहभागिता जनाएका प्रथम धावक गजराज जोशीको ११औं स्मृति दिवसको विशेष अवसरमा नेपाल ओलम्पिक संग्रहालयले अर्धकद मुर्ति निर्माण, जीवनी पुस्तक लेखन प्रकाशन, विशेष दिर्घा स्थापना र डिजिटल आर्काइभमा सुचिकृतका लागि संग्रहालयका सल्लाहकार, राखेप र एनओसीका पूर्व कोषाध्यक्ष तथा स्पोर्ट्स फर अल कमिशन (एनओसी) का अध्यक्ष विष्णुगोपाल श्रेष्ठको रोहवरमा ओलम्पिक संग्रहालयका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र स्व. जोशीका छोरा मनिष जोशीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
    गजराज जोशी वि.स. १९७९ जन्मेका थिए भने २०६६ सालमा निधन भएका पुर्वखेलाडी जोशीले आफनो जीवनकालमा खेलकुद, शिक्षा, राजनैतिक र सामाजिक क्षेत्रमा योगदान दिनु भएको थियो । स्व. जोशीको सालिक र विशेष दिर्घा कक्ष आउंदो २०७८ साल असार ९ गते ओलम्पिक डेका दिन अनावरण तथा त्यही दिन जीवनी पुस्तक बिमोचन गरिने संग्रहालयले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै