टाेखालाइभ डट कम / फागुन १८
सम्पदा अभियन्ताहरूलाई तत्काल निशर्त स-सम्मान रिहाइको माग गर्दै आज टाेखामा टाेखा मु:ध्वाखा अगाडि उभिएर सम्पदा अभियन्ताहरुले प्रदर्शन गरेका छन्। टाेखामा अभियन्ताहरुले
सर्वोच्च अदालतको आदेशको पालना गर।
प्रहरी दमन-बन्द गर।
हाम्रो आन्दोलन-जारी छ।
पीडितहरुलाई तत्काल निशर्त- रिहा गर।
जनताको भुमि लुट्न- पाइँदैन।
हाम्रो भाषा हाम्रो भेष- प्राणभन्दा प्यारो छ।
भुमाफिया दलाल- होसियार ।
एकल जाति नश्लवादी- मुर्दावाद भन्दै नाराबाजी गरेका छन् ।
बालाजु बाइपासमा सर्वोच्चको स्टे अर्डर हुँदाहुँदै सोको अवहेलना गरी बाटो साँघुरो भएको निहुँमा जबर्जस्ती तीन दर्जनभन्दा बढी घर भत्काई खाली गरी सो ठाउँमा महानगरपालिकाले विभिन्न संरचना निर्माण गर्ने क्रममा आफ्नो जग्गामा बनाउनै दिन्नौं भनी गैर न्यायिक सडक बिस्तार बिरुद्दका अभियन्ता सुमन सायमी , महेश्वर मानन्धर, रुक्षित श्रेष्ठ, मनोज श्रेष्ठ, भिमदेव श्रेष्ठ, मीन शाही, निरन्जन श्रेष्ठ, संजय तामाङलाइ महानगरीय प्रहरी वृत्त, बालाजुले गिरफ्तारी विरुद्ध बृहत नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवा: देय दबु:को संयुक्त आयोजनामा फागुन १४ गते काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको थियोे।
त्यस क्रममा उनीहरुले काठमाडौं उपत्यकामा मूलवासीलाई विस्थापित गर्ने गरी भइरहेको सडक विस्तार रोक्नुपर्ने काठमाडौंको बालाजु बाइपासमा सडक विस्तार विरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई बुधबार मातृभाषा, नेपालभाषामा कुराकानी गरेकै आधारलाइ निहुँ बनाई मुद्दा चलाउन खोज्नु, गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको वृहत नागरिक आन्दोलनले ठहर गरेको थियो ।
‘विकासको नाममा भएको गैरन्यायिक सडक विस्तार, संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको निजी सम्पत्ति सम्बन्धी हक–अधिकारको हनन, अभियन्ताहरूलाई आफ्नो मातृभाषा, नेपालभाषामा कुराकानी गरेकै आधारमा कुटपिट गर्नु, गालीगलौज गर्नु र मुद्दा चलाउनु पीडितहरू माथि गिरफ्तार गर्नु ,निरन्तर दमन हुनु दुर्भाग्य भएको अभियन्ता समीर शाहीले बताए।
नागरिकहरूको मातृभाषामा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै पीडित र अभियन्ता साथीहरूलाई तुरुन्त नि:शर्त रिहाइको ध्यानाकर्षणका लागि सरकारसँग जोडदार माग गर्दै आज टाेखा मु:ध्वाखा अगाडि उभिएर प्रदर्शन गरेको अभियन्ता अमर बहादुर डंगोलले बताए ।

