• TOKHA LIVE

    • १२ फाल्गुन २०७७, बुधबार २१:३२

    नेकपा टाेखा नगरपालिका ३ नं. वडा कमिटीको सुर्यमान डंगोलको अध्यक्षतामा बैठक सम्पन्न :-

    टाेखालाइभ डट कम, फागुन १२

    आज नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) टाेखा नगरपालिका ३ नं. वडा कमिटीका अध्यक्ष सुर्यमान डंगोलको अध्यक्षतामा टाेखा नगरपालिका वडा ३ स्थित मु: ध्वाखामा बिस्तारित बैठक सम्पन्न भएको छ। (नेकपा) टाेखा नगरपालिका ३ नं. वडा कमिटीको बिस्तारित बैठकमा प्रमुख अतिथी बागमती प्रदेश सभा सदस्य दिपक निरौलाको उपस्थिति रहेको थियो।

    मन्तव्यका क्रममा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य दिपक निरौलाले २०७७ फागुन ११ गते हिजो भएको संसद पुर्नर्स्थापना सम्बन्धि सर्वोच्च अदालतबाट आएको निर्णय पश्चात भएका गतिविधिका सम्बन्धमा सो बैठकमा वहाँले आफ्नो धारणा स्पस्ट पार्नुका साथै आगामी दिनमा यस टाेखा नगरपालिका ३ नं. वडा कमिटीका सम्पुर्ण सदस्यहरुलाई अझ सशक्त ढंगले अगाडि बढ्न आव्हान गर्दै प्रतिबद्धता व्यक्त गरेका थिए ।

    ३ नं. वडा कमिटीको बैठकमा टाेखा नगरपालिका ३ नं. वडा कमिटीका सदस्य क. भुमा गुरुङको आदरणीय ससुरा बुबा नर बहादुर गुरुङको मिति माघ २८ गते बुधबारका दिन असामयिक निधन भएकोले स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार जनमा टाेखा ३ नं. वडा कमिटीको तर्फबाट हार्दिक समबेदना व्यक्त गरिएको थियोे ।

    बैठकमा टाेखा नगरपालिका ३ नं. वडा कमिटीका अध्यक्ष सुर्यमान डंगोलले समापन गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य बाबुलाल डंगोल , टाेखा नगर कमिटी सदस्य ३का वडा इन्चार्ज बेखा नारायण डंगोल , टाेखा नगर कमिटी सचिवालय सदस्य राधेश्याम श्रेष्ठ , टाेखा नगर कमिटी अध्यक्ष सत्यनारायण डंगोल , टाेखा नगर कमिटी सदस्य सानुलाल श्रेष्ठ/ शान्ता राई लगायत टाेखा नगरपालिका  ३ नं. वडा कमिटीका आमन्त्रित सदस्यहरुको सहभागिता रहेको थियो।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै