नविना श्रेष्ठ
टाेखालाइभ डट कम/फागुन ११,२०७७
नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा हिजोबाट सातै प्रदेशका स्काउटहरुको सहभागितामा विपद् व्यवस्थापन तालिम सञ्चालन सुरु गरिएको छ ।

स्काउट केन्द्र नुवाकोटमा सुरू भएकाे तालिममा नेपाल स्काउटका तालिम प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुको साथै सातै प्रदेशवाट सहभागी ७०जना प्रशिक्षार्थीलाई विपद् व्यवस्थापन कौशल सिपहरुको विविध पाटाको बारेमा समेत ज्ञान दिने छन्।

तालिमको सुरू दिनमा परिचय, म्याप रिडिङ, मार्किङ, पेट्रोलिङ आधारभूत सञ्चाल तालिम सुरक्षा, फौज, दज्यानी चिन्ह तथा परिचय, राेप रेस्वायु, ईक्युपमेन्ट, हाण्डलिङ अत्यावश्यक गाठो, सुरक्षा र सुरक्षित प्रकिया आकस्मिक उपचार मेडिकल सामान्य परिचय प्राथमिक सर्प दंस, जनावर टोकाई जस्ता विपद् व्यवस्थापनका बृहद पक्षहरूमा प्रशिक्षार्थीलाई प्रारम्भिक प्रशिक्षण दिएका थिए। तालिमको हिजोबाट सुरु भएको विपद् व्यवस्थापन तालिम यहि फागुन १६गते सम्म संचालन हुने नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले जानकारी दिनुभयो।

