• TOKHA LIVE

    • १० फाल्गुन २०७७, सोमबार १७:१६

    टोखा नगरपालिका वडा ४ धापासी माध्यमिक बिद्यालय पुननिर्माणको उपप्रधानमन्त्री इश्वर पोखरेलद्वारा शिलान्यास:-

    टाेखा लाइभ डट कम , फागुन १०

    टोखा नगरपालिका वडा ४ को धापासी माध्यमिक बिद्यालयको भारत सरकारको अनुदान सहयोगमा पुन:निर्माण हुने धापासी विद्यालयको अत्याधुनिक भवनको औपचारिक रूपमा आज नेपाल सरकारका उपप्रधानमन्त्री इश्वर पोखरेलले शिलान्यास गर्नुभएको  छ।

    टोखा नगरपालिका ४ धापासीमा पुनर्निर्माण हुन लागेको उक्त विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुन लागेको हो । मूल्यअभिवृद्धि करबाहेक रु ५ करोड ६ लाख ७७ हजार ४ सय ४७ रुपैया ९१ पैसामा ठेकेदार कम्पनी योगि हनुमान जे.भि निर्माणले ठेक्का पाएको सो विद्यालयको तीन तले हुने सो भवनमा २२ वटा कोठा रहने विद्यालयको अत्याधुनिक भवन निर्माणको अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले चाडै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो।

    धापासी माध्यमिक बिद्यालय भवन पुनर्निर्माण शिलान्यासको औपचारिक कार्यक्रमको बिद्यालय शिक्षक सारा खड्का र डोलराज अधिकारीले संचालन गरेको थियो भने कार्यक्रमको अध्यक्षता टोखा नगरपालिका ४ को वडाध्यक्ष एवं बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गरेका थिए।

    धापासी माध्यमिक बिद्यालय भवनमा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला सहित अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको साथै आगलागी नियन्त्रण गर्ने संयन्त्रको समेत व्यवस्था हुनेछ ।यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीयभवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

    शिलान्यासपछि मन्तव्य राख्दै नेपाल सरकारका उप प्रमुख इश्वर पोखरेलले भवन बन्न लागेकामा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे ।उनले पुनर्निर्माण मा सहयोग गरेकोमा भारत सरकारलाइ धन्यबाद दिएका थिए। उनले २०७२ सालको भूकम्पको कारण क्षति भएका करिब ८ हजार बिध्यालयहरु मध्ये करिब ८१ प्रतिशत बिध्यालयहरु पुनर्निर्माण भएको बताउदै उनले विश्व सम्पदा सुचिमा परेका भूकम्पका कारण क्षति पुगेका सम्पदाहरुपनि पुनर्निर्माणको काम पनि भईरहेको जानकारी गराए। नेपाल सरकारद्वारा गठन गरेको पुनर्निर्माण प्राधिकरणले भूकम्प पश्चात राम्रो ढंगले पुनर्निर्माणको काम गरिरहेको बताउदै उनले निर्धारित समय भित्र काम सम्पन्न गर्न निर्माण व्यवसायीलाइ निर्देशन दिदै निर्माण कार्य गुणस्तरीय हुनुपर्नेमा जोड समेत दिएका थिए ।

    कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, बागमती प्रदेश सभा सदस्य भीमसेन खत्री, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी लगायतले शुभकामना मन्तब्य राख्दै पुनर्निर्माणको काम निर्धारित समय भित्र गुणस्तरीय रुपमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाइ अनुरोध गरेका थिए ।

    कार्यक्रमको अध्यक्षता धर्मेन्द्र श्रेष्ठ र बिधालयका प्रधानाध्यापक श्रीराम थापाले स्वागत मन्तव्य राखेको कार्यक्रममा बिद्यार्थी कलाकारहरुले नेवारी सांस्कृतिक टोली र बिद्यार्थी भाईबहिनीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए ।

    बिद्यालयको शिलान्यास कार्यक्रममा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बागमती प्रदेश सभा सदस्य भीमसेन खत्री प्रदेश सभा सदस्य सीता लामा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य ,टाेखा नगरपालिका वडा ४का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टोखा नगरपालिकाका ११ वडा कै जनप्रतिनिधिहरु,राष्ट्रीय पुननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवाली,भारतीय दुताबासको प्रतिनिधि, बिध्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,शिक्षा इकाई प्रमुख अर्जुन रायमाझि, नेकपाका केन्द्रीय नेता बाबु लाल डंगोल, जिल्ला कमिटी सचिवालय सदस्य नारायण भाई श्रेष्ठ, राम कृष्ण श्रेष्ठ, टोखा नगर कमिटीका अध्यक्ष सत्य नारायण डंगोल र बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,शिक्षक, बिद्यार्थी, अभिभावक, वडाबासी बुद्धिजीवीहरु लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै