• TOKHA LIVE

    • ९ फाल्गुन २०७७, आईतवार ०५:४०

    नेपालको धर्म , कला, संस्कृति र सम्पदाहरुको संरक्षण गर्न प्रतिवद्ध छौ : प्रदेश सभा सदस्य नारायण सिलवाल

     

    टाेखालाइभ डट कम, फागुन ९

    काठमाडौं महानगरपालिका वडा नं ५ मा बागमति प्रदेश सरकार र स्थानीय जनसहभागितामा पुननिर्माण भीमसेनथान मन्दिरको उद्घाटन बागमति प्रदेशका प्रदेस सभा सदस्य नारायण सिलवालले गर्नुभएको छ।

    बागमति प्रदेश सरकार र स्थानीय जनसहभागितामा पुननिर्माण भीमसेनथान मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै सिलवालले हाडीगाउँ क्षेत्रलाई प्राथमिकतामा राखेको बताउदै
    बागमति प्रदेशका प्रदेस सभा सदस्य नारायण सिलवालले नेपालको धर्म ,कला ,संस्कृति र सम्पदाहरुको संरक्षणका लागि प्रतिवद्द रहेको बताएका छन।उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सम्पदा जस्तो स्वरुपमा थिए त्यस्तै स्वरुपमा पुनः निर्माण गर्ने लक्ष्य रहेको भन्दै उनले अन्य धेरै काम सुरु गरिएको र सबै पूरा गरेरै छाड्ने प्रतिवद्धता पनि जाहेर गरेका थिए।
    बागमति प्रदेशका प्रदेस सभा सदस्य नारायण सिलवालले उद्घाटन कार्यक्रममा हाँडिगाउँबासीको सहयोगकै कारण आज यो योजना सफल भएको बताउदै स्थानीयको करिब १६ लाख रुपैयाँ सहयोग उपलब्ध भएको जानकारी दिएका थिए।

    पुरातत्व विभाव, प्रदेश सरकार र स्थानीय निकायबीच समन्वय गरेर विकासका काम गर्ने उनको भनाइ रहेको थियो।फाेटाे :कपन अनलाइनबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै