टाेखालाइभ डट कम , फागुन ८
टोखा नगरपालिका सहकारी शाखाको आयोजनामा ३ दिने ‘सहकारी संस्था संचालन तथा वित्तीय व्यवस्थापन तालिम’ सम्पन्न भएको छ।
फागुन ६ गते विहिबारबाट सन्चालन भएको ‘सहकारी संस्था संचालन तथा वित्तीय व्यवस्थापन तालिम’ ८ गते शनिबारसम्म टोखा नगरपालिका वडा नं ३ को कार्यालय भवनमा संचालन भएको हो। सहभागीहरूलाई अर्थ मन्त्रालयका राजस्व अधिकृत ठाकुर गौतम र टोखा नगरपालिका सहकारी शाखाका अधिकृत कमला कार्कीले प्रशिक्षार्थीहरुलाई तालिम दिएका थिए। तालीममा टोखा नगरपालिकाका ७ वटा सहकारीका ३८ जना सदस्यहरुले सहभागिता जनाएका थिए।

३ दिने सहकारी संस्था संचालन तथा वित्तीय व्यवस्थापन तालिमको कार्यक्रम संयोजक टोखा नगरपालिका सहकारी शाखाका अधिकृत कमला कार्कीले कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रमुख अतिथि टोखा नगरपालिका ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो।
वडाध्यक्ष सिंह राज श्रेष्ठले सहकारी साक्षरता तथा वित्तीय व्यवस्थापन तालिमले टाेखा नगरपालिकाको वित्तिय तथा समग्र क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व अधिकृत ठाकुर गौतम, टोखा नगरपालिका सहकारी शाखाका अधिकृत कमला कार्की ,टोखा नगरपालिका ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठ लगायत टोखा नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियोे ।

