• TOKHA LIVE

    • ७ फाल्गुन २०७७, शुक्रबार २०:५८

    राष्ट्रियता,लाेकतन्त्र र संविधानकाे रक्षाका लागि प्रतिगमनकारी कदम बिरूद्ध हस्ताक्षर संकलन अभियान :-

    टाेखा लाइभ डट कम /फागुन ७

    असंबैधानिक र अलाेकतान्त्रिक ओली सरकारले चालेकाे राष्ट्रघाती कदम बिरूद्ध नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कामपा १५ वडा कमिटीले आयाेजना गरेकाे काेणसभा र हस्ताक्षर संकलन अभियान कार्यक्रम सम्पन्न गरिएकाे छ।

    राष्ट्रियता,लाेकतन्त्र र संविधानकाे रक्षाका लागि प्रतिगमनकारी कदम बिरूद्ध ससक्त रूपमा तीन दिने बिभिन्न स्थानहरू बाट हस्ताक्षर संकलन अभियान अगाडी बढाउने नेकपा १५ का वडा कमिटीका अध्यक्ष राजा शाक्यले बताउनु भयाे ।

    कार्यक्रममा बाेल्दै काठमाडाैं जिल्ला कमिटी सदस्य एवम् कामपा १५ वडाका अध्यक्ष तथा कामपा प्रवक्ता ईश्वरमान डंगाेलले ओली सरकारले चालेको पुष १५ गते संघीय संसद बिघटन गरी “कू” गरेकाे बताए । यस बिरूद्ध सम्पुर्ण जनता एक भई लाग्नु पर्ने भनी आग्रह गर्नु भयाे । नेकपा केन्द्रिय सदस्य, महानगर ईन्चार्ज तथा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठ,जिल्ला कमिटी सदस्य बाट र उक्त कार्यक्रममा बिभिन्न वक्ताहरूले प्रतिगमनबिरूद्ध आ-आफ्नाे मन्तव्य प्रस्तुत गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै