काठमाडौं । पत्रकार सबिन पन्त र उनकी धर्मपत्नी संगीता पन्तले आफ्नो बैवाहिक जीवनको २५ औ वर्षगाठ पारेर मातृ स्मृतिमा “रत्न फाउन्डेसन नेपाल” स्थापनाको घोषणा गरेका छन।
२००९ सालमा रामेछापको टोकरपुरमा जन्म भइ सर्लाहीको सासापुर गविसमा लामो समय सम्म सामाजिक सेवामा सक्रिय रहेकी पत्रकार पन्तकी ममतामयी माताको स्मृतिमा सो संस्थाको स्थापना गरिएको हो।
२०६० साल असोज १० गते घटस्थापनाका दिनमा वृहत् बागवानी केन्द्रमा भएको सीपमूलक तालीम समापन गरि शुभकामना आदानप्रदान गर्न घरबाट जाँदै गर्दा पत्रकार पन्तकी ममतामयी माताको बसको ठक्करबाट देहान्त हुनु भएको थियो।
“रत्न फाउन्डेसन नेपाल” फाउन्डेसन घोषणा कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगन थापा बागमती प्रदेश सार्वजनिक लेखा समितिका सभापति न्हुछे नारायण श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य दीपक निरौला, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता कृष्ण मल्ल, गोपाल ढकाल छन्दे, उद्धव भट्टराई, प्रमुख प्रशासकीय प्रमुख बैकुण्ठ सापकोटा, जनस्वास्थ्य प्रमुख कुमार दाहाल लगायतको उपस्थिति थियो।




