• TOKHA LIVE

    • ६ फाल्गुन २०७७, बिहीबार १२:१२

    टाेखामा १४ औं जन साहित्य सम्मेलन हुँदै:-

    टाेखालाइभ डट कम / फागुन ६

    ” आदर्श समाज निर्माणका लागि जन साहित्य ” भन्ने मुल मर्मका साथ जनसाहित्य समाज टाेखाको आयोजनामा १४ औं जन साहित्य सम्मेलन – २०७७ हुने भएको छ।

    स्थापनाकालदेखि नै नेपाली भाषा र नेपाल भाषा साहित्यको संरक्षण, प्रवर्ध्दन र सम्बर्द्धनका लागी अनवरत क्रियाशील रही टाेखामा वि.सं. २०६४ सालमा प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते ‘जन साहित्य समाज’को स्थापना भएको थियो ।जन साहित्य सम्मेलनले नेपाली र नेपाल भाषा साहित्यको संरक्षण र प्रबर्द्धनमा जोड दिदै साहित्यहरूमाथि बहस गर्ने र नयाँ पुस्तालाई यसकाबारे जानकारी समेत दिदैं आएको थियोे ।

    प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुँदै आएको जन साहित्य सम्मेलन भोलि फागुन ७ गते टाेखा नगरपालिका वडा नं. २ को पुखुसी स्थित मिर्मिरे भवनमा जन साहित्य सम्मेलन हुनेछ।

    बिहान १० बजेदेखि सुरुहुने जन साहित्य सम्मलेनमा साहित्यसम्बन्धी विभिन्न विषयमा लोकप्रिय साहित्यकारहरुले कविता , कथा वाचन गर्नेछ। साहित्य सम्मेलनमा बिगतका वर्षमा साहित्यकारहरुले कविता , कथा अन्तक्रीया कार्यक्रमको साथै सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै आएको भएपनि यो पटक साहित्यकारहरुले कविता , कथा वाचन मात्रै गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै