• TOKHA LIVE

    • ४ फाल्गुन २०७७, मंगलवार १४:०९

    टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीद्धारा समृद्ध बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

    टोखा लाइभ ।४, फाल्गुन २०७७ मंगलवार।

    टोखा नगरपालिका वडा नम्बर -६ स्थित टोखा रोडमा रहेको समृद्ध बहुउद्देशीय सहकारी संस्था लि. को एक समारोहका बिच मंगलवार उद्घाटन गरिएको छ ।

    समृद्ध बहुउद्देशीय सहकारीको उद्घाटन टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले पानसमा बत्ती बालेर गर्नु भएको थियो । सो अवसरमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले सहकारीले समाजको आर्थिक समृद्धिका लागी महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ । यसले जनताको पैसालाई एकै ठाउँमा ल्याउन उल्लेख्य भूमिका निर्वाह गर्न सफल हुने बताउनु भयो। क़रीब डेढ सय वर्ष अगाडी ब्रिटेन बाट शुरू भएको यो सहकारी संस्थाले यसरी सबै मिलेर अघि बढे मुलुक आर्थिकरुपमा अघि बडने स्पष्ट पार्नु भयो । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै ॐ शान्तिकी गंगा दिदीले मुलुक अर्थनितीमा चलेको उल्लेख गर्दै गरीवि निवारणका लागि सहकारिको महत्त्वपूर्ण भुमिका रहेकोमा जोड दिनु भयो ।

    सहकारीका सदस्यहरुलाई सहज ढंगबाट सेवा उपलब्ध गराउने हेतुले यस समृद्ध बहुउद्देशीय सहकारीको स्थापना गरेको व्हाइट माउंटेन कलेजका प्रिन्सिपल तिलक शर्माले बताए ।

    कार्यक्रममा टोखा नगरपालिका प्रहरी प्रभागका प्रमुख यमनाथ पनेरू, टोखा नगरपालिका वडा नं -६ का वडा अध्यक्ष महेश्वर के. सी , समृद्ध बहुउद्देशीय सहकारी संस्थाको सन्चालक सदस्यहरू लगायतको सहभागीता रहेको थियो ।सस्थाका अध्यक्ष बिजय लाल डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव योगेश डंगोलले सन्चालन गर्नु भएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै