टाेखा लाइभ डट कम /नविना श्रेष्ठ
फागुन ४,२०७७
नेपाल स्काउटको वि. टि. सि र पि. टि. सि स्काउट आधारभूत तालिम रामेछाप जिल्लाको मन्थली नगरपालिकामा सम्पन्न भएको छ। मन्थली नगरपालिका र नेपाल स्काउटको संयुक्त आयोजनामा संचालित तालिममा मन्थली नगरपालिकाका सबै सामुदायिक विद्यालयका प्रतिनिधि शिक्षकहरू पुरूष तर्फ १८जना र महिला तर्फ १८जना गरी जम्मा ३६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्धघाटनलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख बस्नेतले यस तालिम पचात मन्थली नगरपालिकाका सबै विद्यालयहरुमा अनिर्वाय रूपमा स्काउट इकाइ संचालन हुने जानकरी गराउनु भएको थियो। जसका लागि आवश्यक सम्पूर्ण सहयोग र व्यवस्थापन नगरपालिकाले गर्ने समेत प्रतिबद्धता जनाएका छन्। तालिमको पुरूष तर्फको कोर्ष लिडर नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सुरज खनाल तथा महिला तर्फको कोर्ष लिडर नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक सुशीला कुमारी बिष्ट रहेका थिए।

