• TOKHA LIVE

    • ३ फाल्गुन २०७७, सोमबार २१:२८

    चोकको नाम फेर्न खोजिएपछि प्रदर्शन:-

    बर्दिया : बर्दियाको गुलरिया नगरपालिका–७ स्थित मातँङ्गी चोकको नाम बदल्न खोजिएको भन्दै प्रदर्शन गरिएको छ । पौराणिक र सांस्कृतिक पहिचान झल्काउनेगरी रहेको चोंकको नाम बदल्दा धार्मिक आस्थामाथि आघात पर्ने उनीहरुको भनाइ छ ।

     

    मातँङ्गी चोंकको नाम बदलेर राजनीतिक रंग दिने प्रयास गरिएको भन्दै त्यस विरुद्ध सशक्त संघर्ष गर्ने प्रदर्शनकारीले चेतावनी दिएका छन् । उक्त चोंकको नाम बीपी चोंक राख्ने नेपाली काँग्रेसले तयारी गरेको छ । पार्टीका संस्थापक नेता बीपी कोइरालाको नामबाट चोकलाई चिनाउने प्रयास लगत्तै विरोध भएको हो । मातँङ्गी देवीको तस्वीर सहित प्रदर्शन गरिएको छ ।

     

    काँग्रेसले देशका विभिन्न ठाउँको नाम फेर्दै बीपी राख्ने गरेको छ । बहुदलीय व्यवस्था आएपछि नै काँग्रेसले बीपीको सम्मान गर्न भन्दै ठाउँको नाम बदल्ने गरेको थियो । त्यही क्रममा मातँङ्गी चोंकको नाम बदल्न खोजिए पछि प्रतिकारमा प्रदर्शन भएको हो ।  – मध्यान्ह दैनिकबाट

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै