• TOKHA LIVE

    • ३ फाल्गुन २०७७, सोमबार २१:१३

    संसाक सम्मान तथा पुरस्कार समर्पण

    फागुन ३ , काठमाडौं

    नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जगत् उपाध्याय ‘प्रेक्षित’ करिब एक दर्जन कवि, स्रष्टाहरूलाई सम्मान गर्नुको साथै एउटा कविता कृतिको लोकार्पण पनि गर्नुभयो । सदस्यसचिव ‘प्रेक्षित’ ले संसाक मासिकले आयोजना गरेको संसाकका विविध सम्मानहरू समर्पण गर्नुभएको थियो भने कवयित्री भवानी मैया पन्तद्वारा लिखित कवितासङ्ग्रह ‘देश रोएको बेला’ को लोकार्पण गर्नुभयो हो । कार्यक्रम साहित्यकार तथा लेखक रत्नप्रसाद श्रेष्ठ अनामणिको सभापतित्वमा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमका विशेष अतिथिहरूमा प्रा.डा.गार्गी शर्मा, डा.शैलेन्दुप्रकाश नेपाल, डा.बिदुर चालिसे, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ कवि सूर्य लाकोजु रहनुभएको थियो ।

    कार्यक्रममा निम्न स्रष्टाहरूलाई सम्मान गरिएको थियो ः
    १. संसाक यात्री नियात्रा सम्मान– रामप्रसाद पन्त, काठमाडौँ ।
    २. संसाक बहु प्रतिभा साहित्य सम्मान– सरिता अर्याल, खोटाङ ।
    ३. संसाक तेज–शोभा गीत÷गजल सम्मान– ध्रुवकृष्ण ताम्राकार, पनौती, काभ्रे ।
    ४. संसाक खड्गध्वज(बलराम)–गङ्गादेवी सिग्देल लेख÷रचना सम्मान–
    सरस्वती चिमोरिया, पाँचखाल, काभ्रे ।
    ५. संसाक अनामणि समीक्षा सम्मान– वासुदेव गुरागाईं, दुप्चेश्वर–५, नुवाकोट ।
    ६. संसाक भद्रकुमारी के.सी. मुक्तक÷हाइकु सम्मान– राजेन्द्र घिमिरे सागर, सिउडेनी, नुवाकोट ।
    ७. संसाक कौशिक बालप्रतिभा सम्मान– सदीक्षा वाग्ले, ईडन ब्रिज एकेडेमी, धापासी, काठमाडौँ ।
    ८. संसाक शुक्रमाया–मन्दिर जङ्ग राई स्मृति साहित्य पत्रकारिता सम्मान–
    निबन्ध आचार्य, कपन, काठमाडौँ ।
    ९. संसाक गोपालराज–मैयादेवी पाण्डे स्मृति सम्मान– प्राज्ञ माया ठकुरी, धोविघाट, ललितपुर ।
    १०. संसाक भवानी–शङ्कर लघुकथा सम्मान– श्रीराम राई, कविकुञ्ज, खोटाङ ।

    संसाक सम्मानका संस्थापकहरू निम्न अनुसार रहनुभएको थियो ः
    १. संसाक यात्री नियात्रा सम्मान– डा.शैलेन्दुप्रकाश नेपाल, काठमाडौँ ।
    २. संसाक बहु प्रतिभा साहित्य सम्मान– संसाक मासिक, काठमाडौँ ।
    ३. संसाक तेज–शोभा गीत÷गजल सम्मान– पूर्व सहायक रथी, तेजप्रकाश बानियाँ, काठमाडौँ ।
    ४. संसाक खड्गध्वज(बलराम)–गङ्गादेवी सिग्देल लेख÷रचना सम्मान–
    हरिभक्त सिग्देल महेश, काठमाडौँ ।
    ५. संसाक अनामणि समीक्षा सम्मान– रत्नप्रसाद श्रेष्ठ अनामणि, काभ्रे ।
    ६. संसाक संसाक भद्रकुमारी के.सी. मुक्तक÷हाइकु सम्मान– तारा के.सी., काभ्रे ।
    ७. संसाक कौशिक बालप्रतिभा सम्मान– धरणीधर गुरागाई, झापा ।
    ८. संसाक शुक्रमाया–मन्दिर जङ्ग राई स्मृति साहित्य पत्रकारिता सम्मान– प्रेम राई परीक्षित, उदयपुर।
    ९. संसाक गोपालराज–मैयादेवी पाण्डे साहित्य सम्मान– संसाक मासिक, काठमाडौं ।
    १०. संसाक भवानी–शङ्कर लघुकथा सम्मान– भवानी मैया पन्त, काठमाडौँ

    प्रतिभा छनोट समिति निम्न अनुसार रहेको थियो ः
    १. संंयोजक, डा.शैलेन्दुप्रकाश नेपाल,
    २. सदस्य, कवि रत्नप्रसाद श्रेष्ठ अनामणि,
    ३. ’’ , कवि तारा के.सी. ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्राध्यापक उपाध्यायले साहित्य लेखन र अध्ययनलाई आफ्नो प्राज्ञिक र पेशागत अध्ययनको विषय छनोटलाई कुनै बाधा गर्दैन भन्नुहुँदै समाजका एकथरी बुजुक्रहरू साहित्यलाई खिसिटिउरी गर्दै हिडेको देखिन्छ, यसो गर्नु आवश्यक नरहेको बताउनुभयो । उहाँले साहित्यले व्यक्तिको मानसिक स्वास्थ्यलाई ठीक राख्ने बताउँदै राष्ट्रिय स्वास्थ्य अभिवृद्धिका लागि साहित्य आवश्यक छ, भन्नुभयो । देश अहिले जुनसुकै घटना र अवस्थाले भए पनि रोइरहेको छ, यी कुरालाई भवानीका कविताले राम्रोसँग दर्साएका छन्, भन्ने पनि प्रमुख अतिथि प्रेक्षितले बताउनुभयो ।

    अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले सरकारी निकायले खासगरी नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्नुपर्ने धेरै कार्यक्रमहरू निजी क्षेत्रले गरिरहेको निजी क्षेत्र र व्यक्तिगत रूपमा भएका कामहरूको तस्तावेजीकरण र सुरक्षित राखिदिने काम नहुनु अहिलेको सबैभन्दा ठूलो समस्याको विषय बनेको छ, भन्नुभयो । स्तरीय अनुवाद हुन नसक्नाले नै हाम्रा कृतिहरू अन्तर्राष्ट्रियकरण हुन र नोबेल पुरस्कारको ढोकासम्म पुग्न नसकेको हो, लेकालीले भन्नुभयो, ‘अबको लेख मनगढन्ते कुराले भरिनु नहुने र वास्तविक भटना र व्यक्तिको जीवनसँग सम्बन्धित रहेर लेखिएको हुनुपर्ने र त्यस्ता कृतिहरूले नै पाठकको आकांक्षा पूरा गर्नसक्छ ।’ आपूm पछि बसेर अरूलाई अगाडि बढाउने व्यक्ति नै समाजमा सबैको प्यारो हुन्छ, जीवनमा सफल हुन्छ, लेकालीले बताउनुभयो ।
    साहित्यकार खेलकुद समाजका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपालले संसाक साहित्यिकको साथै खेलकुद गतिविधिमा पनि यस क्षेत्रको मात्रै होइन देशकै अब्बल संस्था बनेको छ, भन्नुहुँदै लोकार्पित कृति ‘देश रोएको बेला’ मा मानवीय पीडा–व्यथा, नारी मनोविज्ञान र समाज सुधारकोलागि आवाज अभिव्यक्त भएका छन्, रचनाहरू सरल, सरस भाषाशैलीका छोटा, मिठा र हृदयस्पर्शी छन्, भन्नुभयो । गद्य, पद्य र गीतीलयका कविताहरू रहेका सङ्ग्रहलाई एउटा अब्बल पुस्तकको रूपमा लिनसकिने कुरा उहाँले बताउनभयो ।
    कार्यक्रमका सभापति तथा साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणिले निजी क्षेत्रबाट प्रदान गरिँदै आएका सम्मान तथा पुरस्कारहरूलाई स्थायी र दिगो गर्न नसकिने बताउँदै टोखा नगरपालिकाले नगरपालिका भित्रका संस्कृति, साहित्य, कलाको साथै शिक्षा र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गरी प्रत्येक वर्ष ती प्रतिभाहरूलाई सम्मान गर्न ‘प्रतिभा सम्मान गुठी’ को स्थापना गर्नु आवश्यक छ, भन्नुभयो । वैधानिक रूपमा निरन्तर क्रियाशील साहित्यिक तथा साँस्कृतिक संघसंस्थाहरूलाई पूर्वाग्रहरहित बिनाभेदभाव समानुपातिक रूपले नगरले सहयोग गर्नुपर्ने पनि उहाँले बताउनुभयो । 
    कार्यक्रममा पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, लुनार ईङ्गलिस बोर्डिङ स्कुलका प्राचार्य बलराम भट्ट, कवि धरणीधर गुरागाई, कवि तथा ईडन ब्रिज एकेडेमीका प्राचार्य प्रेम राई परीक्षित, संसाकका सम्पादक÷प्रकाशक उमेश पाण्डे, कवि तथा अक्षरमार्ग त्रैमासिकका सम्पादक सूर्यप्रसाद लाकोजू आदिले साहित्य, सम्मानित स्रष्टा र संसाकका विविध गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।
    स्रष्टाहरूलाई नगद रु.५०००।– सहित सम्मानपत्र, दोसल्ला, खादा र पूmलको मालाले सम्मान गरिएको थियो ।
    कार्यको सञ्चालन कवि तारा के.सी.ले र संयोजन साहित्यकार तथा पत्रकार उमेश पाण्डेले गर्नुभएको थियो ।
    कार्यक्रमलाई आर्थिक सहयोग गर्नुभएकोमा टोखा नगरपालिका, काठमाडौँ खासगरी नगर प्रमुख प्रकाश अधिकारीसहित नगरपालिका परिवारलाई हार्दिक आभार प्रकट गर्दछौँ ।

    संसाक सम्मान तथा पुरस्कार समर्पणको कार्यक्रम तालिका
    १. सभापति ः रत्नप्रसाद अनामणि श्रेष्ठ (लेखक, साहित्यकार, खोज अनलाइनका सञ्चालक) ।
    २. प्रमुख अतिथि ः प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ (सदस्यसचिव, नेपाल प्रज्ञा–प्रतिष्ठान) ।
    ३. विशिष्ट अतिथि ः कवि राधेश्याम लेकाली (निवर्तमान अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) ।
    ४. विशेष अतिथि ः १. प्रा.डा. गार्गी शर्मा, २. डा.शैलेन्दुप्रकाश नेपाल, ३. पू.स.र.तेजप्रकाश बानियाँ, ४. डा.बिदुर चालिसे, ५. कवि सूर्य लाकोजू ।
    ५. संसाक सम्मान तथा पुरस्कार संस्थापकहरू ः
    ६. सम्मानित हुनलाग्नुभएका स्रष्टाहरू ः
    ७. अतिथिहरूमा खादा समर्पण ः १. गङ्गा आचार्य सेढाई ।
    ८. स्वागत मन्तव्य ः बलराम भट्ट (प्रिन्सिपल, लुनार इङ्गलिस बोडिङ स्कुल) ।
    ९. राष्ट्रिय गान ः (राष्ट्रिय गानको लागि सबै उठिदिनुहुन अनुरोध गर्दछु ।)
    १०. कार्यक्रमको समुद्घाटन ः सभापति, प्रमुख अतिथि र विशिष्ट अतिथिबाट पानसमा बत्ती बालेर ।
    ११. भवानी मैयाद्वारा लिखित कवितासङ््ग्रह देश रोएको बेलाको लोकार्पण ।
    १२. डा.शैलेन्दुप्रकाश नेपाल ः स्रष्टा सम्मान र कार्यक्रम माथि प्रकाश पारिदिनुहुन अनुरोध ।
    १३. संसाक सम्मान तथा पुरस्कार समर्पण ः सभापति, प्रमुख अतिथि र पुरस्कार संस्थापकहरूबाट ।
    १४.संसाक सम्मान तथा पुरस्कार संस्थापकहरूबाट मन्तव्य ।
    १५.सम्मानित स्रष्टाहरूबाट सृजना वाचन ।
    १६. विशिष्ट अतिथि, अनेसासका निवर्तमान अध्यक्ष, राधेश्याम लेकालीबाट मन्तव्य ।
    १७. विशेष अतिथि प्रा.डा. गार्गी शर्मा, शुभकामना मन्तव्य ।
    १८. धन्यवाद ज्ञापन, उमेश पाण्डे ः सम्पादक÷प्रकाशक, संसाक मासिक ।
    १९. सभापति रत्नप्रसाद अनामणि श्रेष्ठबाट मन्तव्यसहित सभा विसर्जन ।
    २०. कार्यक्रम सञ्चालन तथा उद्घोषण ः तारा के. सी. बाट ।
    २१. जलपान तथा अनौपचारिक छलफल र कुराकानी ।
    कार्यक्रमलाई सफल पार्न आआफ्नो क्षेत्रबाट मन, वचन र कर्मले आर्थिक, भौतिक तथा मानसिक सबै प्रकारका सेवा र सहयोग पु¥याउनुहुने सबैमा हार्दिक आभार प्रकट गर्दछौँ।

    उमेश पाण्डे

    संसाक मासिक

    सम्पादक÷प्रकाशक

    आइत, फाल्गुन २, २०७७ मा प्रकाशित

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै