• TOKHA LIVE

      TOKHA LIVE

    • ३ फाल्गुन २०७७, सोमबार ०९:०३

    नेपाली पत्रकारको युरोपमा झगडा, अधिवेशन रोक्न अपील

    २०७७ फागुन ३ गते

    जर्मनी। एकपक्षीय र विवादितरुपमा अधिवेशन आह्वान गरिएको भन्दै नेपाल पत्रकार महासंघ, युरोप शाखाको अधिवेशन रोक्न महासंघको केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।

    कार्यवाहक अध्यक्ष डिल्लीराम अम्माईं र महासचिव योगेन्द्र मिलन छन्त्यालले शाखाका बहुमत सदस्यद्वारा निलम्बित अध्यक्ष केजीन राईले यही फेब्रुअरी २० का लागि तय गरेको शाखा अधिवेशन अवैध रहेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।

    महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पत्र लेखी उनीहरुले शाखामा देखिएका विवाद समाधान नभएसम्म राईको नेतृत्वमा हुने कुनै पनि गतिविधि अमान्य हुने बताएका छन्।

    सदस्यताको टुंगो लगाई प्रक्रिया पूरा गरेर मात्रै अधिवेशन आह्वान हुनुपर्ने भन्दै उनीहरुले अधिवेशन गर्नुभन्दा पहिले राईले संस्थाका नाममा गरेको अनियमितताको छानबिन हुनुपर्ने माग गरेका छन्।

    केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमा यसअघि नै बहुमत सदस्यहरुले निर्णय गरी केन्द्रमा पठाएको पत्रका बारेमा ध्यान दिन आग्रह गरिएको छ।

    संस्थाको नाममा राईले गरेको अनियमितता, संस्थाको लोगोको दुरुपयोग गरेको, महासचिवकै नक्कली हस्ताक्षर गरेको, सम्बन्धित सदस्यको सहमति विना गरिएको सदस्यता स्थानान्तरण लगायतका मुद्दाको छानबिन गरी टुंगो लगाउन पनि पत्रमा माग गरिएको छ।

    आन्तरिक छानबिन नै नगरी जिम्मेवारीबाट नै हटाइएका व्यक्तिले एकपक्षीय रुपमा आह्वान गरेको अधिवेशन मान्य नहुने भन्दै सहमतिका आधारमा सबैलाई मान्य हुने गरी अधिवेशनको मिति तय गर्न पनि माग गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर

    पोर्चुगलमा बिस्केट जात्रा मनाइँदै

  • छुटाउनुभयो कि? सबै