• TOKHA LIVE

    • २ फाल्गुन २०७७, आईतवार १८:०१

    मदन भण्डारी फाउन्डेसनको बागमती प्रदेस स्तरीय पत्रकारिता तालिम शुरु:-

    टाेखालाइभ डट कम ,फागुन २ काठमाडौं

    मदन भण्डारी फाउण्डेसनको सात दिने आधारभूत पत्रकारिता तालिम काठमाडौंको सबै स्थानीय तहमा बागमती प्रदेश स्तरीय प्रशिक्षण तालिम सुरु भएको छ ।

    पहिलो चरणमा ललितपुर, भक्तपुर र काभ्रेका गरी २८ जना प्रशिक्षार्थीहरूलाई प्रदेस सुशासन केन्द्रमा फागुन १ गते बाट तालिम शुरु भएको छ भने फागुन २ र ३ गते अन्य जिल्लाका गरि तेस्रो चरणका तालिम शुरु हुनेछन।

    मदन भण्डारी फाउण्डेसनले समाजलाई सुसूचित गर्नका लागि दक्ष पत्रकार उत्पादन आजको आवश्यकता भएको बताउनुहुँदै तालिमले प्रशिक्षार्थीहरूको व्यवसायीक दक्षता अभिवृद्धि गर्न उक्त तालिम संचालन गरिएको मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सचिव पेम्बा लामाले बताएकी छन।फाउन्डेसनको सुशासन र समृद्धिका लागि संचार अभियान अन्तर्गत बागमती प्रदेसका काठमाडौं ,ललितपुर ,भक्तपुर ,रसुवा ,नुवाकोट,धादिंङ्ग, काभ्रेपलान्चोक,सिन्धुपाल्चोक ,रामेछाप ,सिन्धुली ,मकवानपुर ,चितवन र दोलखा जिल्लाका प्रत्येक स्थानीय तहबाट २० देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई आधारभूत पत्रकारिता तालिम प्रदान गरिने सचिव पेम्बा लामाले जानकारी दिएकी छन।

    काठमाडौं १३ जिल्लाका २० देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई पत्रकारिताको परिचय ,लेखन ,फोटो पत्रकारिता ,अनलाइन पत्रकारिता ,स्थानीय तहमा नीति निर्माण र सुशासन जस्ता विषयहरुमा प्रशिक्षकहरू अमरध्वज तामाङ, सोम राई, डा. कुन्दन अर्याल, प्रकाश सिलवाल,शिव कुमारी गोतामे , मिलन धरेल, महेन्द्र श्रेष्ठ , कविता थापा, सुरज अधिकारी , अधिवक्ता विष्णुमाया भुसाल, यशोधा अधिकारी, गोपाल खनाल, आशिष पौडेल , सुशील प्याकुरेल, रामशरण प्याकुरेल, घनश्याम कोइराला , जितेन्द्र श्रेष्ठ , कृष्ण राई, फुलमान बल, डा.भेष राज अधिकारी , गोकुल घर्ती, खेम लोहोनी , प्रा डा प्रेमसागर चापागाईँ, विमल पोखरेल , राम शरण प्याकुरेल,डा. महेन्द्र विष्ट, पुण्यराज पुडासैनी लगायतले तालिम प्रदान गर्नेछन ।

    काठमाडौं जिल्लाका ११ वटै स्थानीय तहमा तालिम सम्पन्न भएर प्रशिक्षार्थी पत्रकारहरु तिन महिने प्रयोगात्मक अभ्यासमा रहेको जानकारी दिदै बागमती प्रदेस सभा सदस्य तथा मदन भण्डारी फाउन्डेसन काठमाडौंका अध्यक्ष दिपक निरौलाले सुशासनका लागि खबरदारी गर्न पत्रकारिता उत्तम र शशक्त माध्यम भएकोले सो तालिम प्रदान गरिएको बताएका छन।
    फाेटाे: कपनअनलाईन

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै