• TOKHA LIVE

    • १ फाल्गुन २०७७, शनिबार २१:३५

    टोखा युवा बहुउद्देश्यीय सहकारी संस्था लिको प्रारम्भिक साधारण सभाबाट शान्ति श्रेष्ठको अध्यक्षता चयन :-

    टाेखालाइभ डट कम / फागुन १ काठमाडौं

    टोखा युवा बहुउद्देश्यीय सहकारी संस्था लिको प्रारम्भिक साधारण सभा आज टाेखा चण्डेश्वरीमा टोखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको छ ।

    टोखा युवा बहुउद्देश्यीय सहकारीको प्रारम्भिक साधारण सभाबाट आज शनिबार शान्ति श्रेष्ठको अध्यक्षतामा ९ जना सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरिएको छ।
    सहकारीको उपाध्यक्षमा राज्यलक्ष्मी श्रेष्ठ , सचिवमा अनिता श्रेष्ठ , कोषाध्यक्षमा निशा डंगोल यसैगरी सदस्यहरुमा मंगलीदेवी श्रेष्ठ, नारायण देवी श्रेष्ठ, बुद्ध श्रेष्ठ, अष्ट कुमार र राजकाजी श्रेष्ठ रहेका छन् । त्यस्तै ऋण समितिमा संयोजकमा अष्ट कुमार श्रेष्ठ चयन गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि टोखा नगर उप-प्रमुख ज्ञानमाया डंगोलले यो सहकारीले बचत तथा ऋणलाई मात्र ध्यान नदिइ ७०प्रतिशत उत्पादन र बजारीकरणमा ध्यान दिन अनुरोध गर्दै कृषिप्रधान देश हाम्रो टाेखामा कृषिमा धेरै उत्पादन भइरहेको अवस्थामा कृषिमा उत्पादन भएका तरकारीहरु बजारसम्म लानको लागि सहकारीले भुमिका खेल्न सक्नेमा जाेड दिनुभयो।

    कार्यक्रममा टोखा नगरपालिका सहकारी शाखा प्रमुख कमला कार्की, लेखा परिक्षक बासुदेव अधिकारी, संस्थाका सल्लाहकार तथा टोखा युवा क्लवका अध्यक्ष राम राज श्रेष्ठ, संस्थाका सल्लाहकार प्रकाश डंगोल, राजिव श्रेष्ठ तथा टोखा युवा क्लवका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै