शोभा तामाङ
टाेखालाइभ डट कम/फाल्गुन १ काठमाडौं,
आरम्भ देउराली लायन्स क्लब काठमाडौंको स्पोन्सर तथा सहयोगमा हालसालै खुलेको नया क्लब दियालो देउरालीद्वारा नेपाल रेड क्रस सोसाइटीको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। आज शनिबार दियालो पार्टी प्यालेसमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा १११ पिन्ट रगत संकलन भएको छ।

रगतको चरम अभाव भइरहेको हालको समयमा यति धेरै मात्रमा रगत संकलन हुनुलाइ ठुलै उपलब्धिको रुपमा लिन सकिन्छ । यसरी सबैको साथ र सहयोगले प्राप्त यस सफलताले आफुहरुलाइ यसैगरी आगामी दिनुहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर हुने हौसला मिलेको दियालो देउराली क्लबका अध्यक्ष खेमराज खनालले जानकारी दिनुभयो।


