• TOKHA LIVE

    • १ फाल्गुन २०७७, शनिबार ०९:२४

    एउटा लोकगीत : बाह्र छोरा तेह्र नाति:-

    हिरण्य भोजपुरेCapture3

    बाह्र छोरा तेह्र नाति
    बूढाको धोक्रो काँधै माथि
    बूढो भनी नगर हेला
    काम लाग्ला बूढो नै क्वै बेला ।

    सुनसुन साथीभाइ म केही भन्छु
    म बूढो मान्छेको सवाई कहन्छु
    पहिले-पहिले भावुक भाई झोक्रिएर बस्थें
    बूढो बनी बुढेसकालको खोईरो आफै खन्थें
    जब बुझें बाँच्नलाई हाँस्नुपर्छ भनी
    देख्न थालें अँधेरिमै झिलिमिली अनि
    बाँच्नु-मर्नु भन्ने कुर प्रकृतिको खेल
    जीवन रै’छ प्रकृति र पुरुषको मेल ।album cover - ek anjuli gham

    आज त म अचम्मले चङ्गाजस्तै भएँ
    उनीसंगै उड्दै-उड्दै कहाँ गएँ-गएँ
    कुहिरोकै उलिङ्काठ, कुहिरोकै पर्दा
    रम्नु रमें यो मायाको मोहनइले गर्दा
    उमेरले कहाँ छेक्छ जुध्ने आँखालाई
    पिरतीको प्यारो-प्यारो मिठो भाखालाई
    कमनीय हुन्छ भन्छन् सबैभन्दा कला
    ज्यूँन जान्ने कलाभन्दा के छ ठूलो भला ?


    रचनाकाल : ७ असोज २०६०
    स्वराङ्कन : ४ चैत्र २०६०
    शब्द-सङ्गीत-स्वर : हिरण्य भोजपुरे
    स्रोत – एल्बम : एक अँजुली घाम

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै