टाेखालाइभ डट कम / नविना श्रेष्ठ
माघ ३०,२०७७
नवनियुक्त बागमती प्रदेश स्काउट सल्लाहाकार समितिको दीक्षान्त एव पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक समारोह बिच नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले नवनियुक्त बागमती प्रदेश स्काउट सल्लाहकार समितिका सदस्यहरुलाई स्काउट दीक्षान्त तथा गोपनीयताको सपथ गराउनु भएको थियो।

कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै राष्ट्रिय संयोजक भण्डारीले अब स्काउटको विकास विस्तारका लागि रोभर रेञ्जर युवाहरुलाई प्राथमिकतामा राख्नु पर्ने बताए। सरकारले अहिले स्काउट अभियान विस्तारको लागि सहयोग गरिरहेको र हामी स्काउटहरुले यसको अधिकतम सदुपयोग गरी देशका प्रत्यक विद्यालयका बालबालिका बीच स्काउटको पहुच पुर्याउन प्रदेश समितिहरूलाई निर्देशन समेत उहाँले दिनुभयो। कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी, नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई, बागमती प्रदेश स्काउटका संयोजक केश रत्न बज्राचार्य र बागमती प्रदेशका सदस्यहरुको उपस्थिती रहेको थियो।

