• TOKHA LIVE

    • २८ माघ २०७७, बुधबार १९:४७

    टाेखाबाट पनि प्रचण्ड – नेपाल पक्षका युवाहरु सड्क संघर्षमा( फाेटाे फिचर )

    टाेखालाइभ डट कम / नविना श्रेष्ठ
    माघ २८ , काठमाडौं
    आज नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समुहले बुधबार राजधानीमा विरोधसभा गरेको छ । सभामा नेताहरुले प्रधानमन्त्रीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गर्दै जनभावनालाई सम्मान गर्न अदालत र निर्वाचन आयोगलाई चेतावनी दिदै वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने ठोकुवा नै गरे।

    प्रतिनिधिसभा विघटनको विरोधमा भृकुटी मण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले चुनाव गर्नका लागि वैशाखमा तोकेको मिति केबल भ्रम छर्नका लागि मात्र भएको बताएका हुन् ।सो कार्यक्रमको लागि माघ २७ गते राष्ट्रिय युवा संघ नेपाल ,अनेरास्ववियु लगायत जनवर्गीय संगठनहरुको उपस्थितमा नेकपा प्रचण्ड -नेपाल समुहले पुर्व पर्यटन मन्त्री योगेश भट्टराईको आतिथ्यतामा काठमाडौको विभिन्न स्थानहरुमा मार्च पास को आयोजना गरेको थियो। काठमाडौ निर्वाचन क्षेत्र न.५ टाेखा नगरपालिकाका प्रचण्ड -नेपाल समूह युवाहरु सडक संघर्षमा उत्रेका थिए ।

    आमसभामा टाेखा नगरपालिकाका समेत यस भेगबाट युवा विद्यार्थीहरु सहित नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको देखिएको छ ।
    नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव समूहको विरोधसभाका लागि विभिन्न ठाउँबाट सहभागी हुन देशभरबाट मानिसहरु काठमाडौंमा जम्मा भएका थिए । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किए पछि  शीर्ष नेताहरुले नेतृत्व गर्ने सबै स्थानको जुलुस पुनः सुन्धारामा पुगेर मुल जुलुसमा परिणत भएको थियोे ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै