• TOKHA LIVE

    • २८ माघ २०७७, बुधबार १९:०८

    नेपाल स्काउटको राष्ट्रिय परिषद बैठक सम्पन्न:-

    नविना श्रेष्ठ

    टाेखालाइभ डट कम ,माघ २८

    नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषदको बैठक सम्पन्न भएको छ ।नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा सोमबार सम्पन्न बैठकको अध्यक्षता परिषदका अध्यक्ष मन्त्री दावा तामाङले गरेका थिए ।

    बैठकमा योजना आयोगका माननीय सदस्य मीनबहादुर शाही ,नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयका सचिव याम कुमारी खतिवडा, नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य बिजेन्द्र ध्वजु, शिब राम अर्यालको उपस्थिति रहेको थियो।

    बैठकको बन्द सत्रले नेपाल स्काउटको दुरगामी विकास र समदायकुल परिवर्तनका लागि महत्वपूर्ण निर्णयहरु समेत गरिएको थियो । पार्षद सदस्यहरुलाई प्रमुख स्काउटले स्काउट दीक्षा प्रदान गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै