• TOKHA LIVE

    • २६ माघ २०७७, सोमबार १९:५४

    मदन भण्डारी फाउन्डेसनले बागमती प्रदेसका १३ जिल्लाका युवाहरुलाई पत्रकारिता तालिम दिने:-

    टाेखालाइभ डट कम ,माघ २६

    मदन भण्डारी फाउन्डेसनले बागमती प्रदेसका १३ जिल्लाका युवाहरुलाई पत्रकारिता तालिम दिने भएको छ।

    मदन भण्डारी फाउन्डेसनले बागमती प्रदेसका काठमाडौं ,ललितपुर ,भक्तपुर ,रसुवा ,नुवाकोट,धादिंग ,काभ्रेपलान्चोक,सिन्धुपाल्चोक ,रामेछाप ,सिन्धुली ,मकवानपुर ,चितवन र दोलखा जिल्लाका प्रत्येक स्थानीय तह बाट २- देखि २५ वर्ष उमेर समुहका युवाहरुलाई आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागेको हो।

    पहिलो चरणमा काठमाडौं जिल्लाका ११ वटा स्थानीय तहमा भएको तालिमको सफल समापन पश्चात प्रदेस स्तरीय तालिम आयोजना गर्न लागिएको हो। उक्त तालिममा सहभागीहरुलाई पत्रकारिताको परिचय , सिप ,लेखन ,फोटो पत्रकारिता ,अनलाइन पत्रकारिता ,स्थानीय तहमा नीति निर्माण र सुशासन जस्ता विषयहरुमा प्रशिक्षण प्रदान गरिने फाउन्डेसनले जानकारी दिएको छ।

    यहि फागुन १ गतेबाट शुरु हुने आधारभूत पत्रकारिता तालिममा काठमाडौं ,ललितपुर ,भक्तपुर ,काभेपलान्चोकमा तालिम हुनेछ भने फागुन २ गते बाट दोलखा ,सिन्धुली रामेछाप र सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधिहरुको तालिम हुनेछ । त्यस्तै पहगुन ३ गते बाट धादिंग ,नुवाकोट र रसुवाको तालिम हुने आयोजक मदन भण्डारी फाउन्डेसनले जानकारी दिएको छ। – फाेटाे:-( कपनअनलाइन )

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै