• TOKHA LIVE

    • २४ माघ २०७७, शनिबार १९:५९

    प्रबासी नेपाली एकता मञ्च अष्ट्रेलियाको नेतृत्वमा रमेश पाण्डे :-

    टाेखालाइभ डट कम

    माघ २४  काठमाडौं,

    अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको संस्था प्रबासी नेपाली एकता मञ्च अष्ट्रेलियाले कमिटीलाई बिस्तार गरि १ सय ३५ सदस्यीय बनाइएको प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ। रमेश पाण्डेको अध्यक्षतामा  गठन भएको उक्त संस्थामा केन्द्रिय सदस्यहरु प्रेम शाही ठकुरी तथा विशाल राना मगर लगायतका सदस्यहरु रहेका छन् ।

    यस संस्थाले नेपालमा आफ्नो शिप, ज्ञान र लगानीका माध्यमबाट बिकासको यात्रा सहभागी हुने उदेश्य लिएको छ । भने बिदेशमा रहेका प्रवासीहरुबिच एक अर्कामा हातेमालो तथा सहयोग गरि एकता कायम गर्ने उदेश्य लिएको छ।

    संस्थामा आवद्ध केन्द्रिय सदस्य प्रेम शाही ठकुरी हाल अस्ट्रेलिया रहनुभएको उहाँले फेसबुक पेजमा offering happiness group भन्ने पेज बनाइ समाजसेवा गर्दै आउनुभएको थियो भने दैलेख आठबिस वडा नम्बर ८ मा जन्मनुभएको उहाँ काठमाडौं अस्कल क्याम्पसमा विद्यार्थी राजनीतिमा पनि सक्रिय रहनुभएको थियो।

    साथै अर्को केन्द्रिय सदस्य विशाल राना मगर स्याङ्जा निवासी हाल अष्ट्रेलिया रहनुभएको उहाँ काठमाडौं अस्कल क्याम्पस विद्यार्थी संगठनको पुर्ब अध्यक्ष रहनुभएको थियोे भने अनेरास्ववियुको पुर्ब केन्द्रिय सदस्य पनि रहनुभएको थियो।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै