टाेखालाइभ डट कम/ माघ २३,२०७७
नेकपा बागमती प्रदेश कमिटीले काठमाडौंमा शुक्रबार नारायणहितिमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हामी कुनै पनि बेला यो लडाइँलाई कमजोर हुन दिनेछैनौँ र सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउने छ, हामी सूर्य चिन्ह लिएर जनतामा ताजा जनादेशका लागि जनतामा जानेछौं र निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणालाई प्रचण्ड–माधव समूहले चुनौती दिनुभएको छ, निर्वाचन आयोगलाई धम्की दिइरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘यो संविधान र लोकतन्त्रविरोधी कुरा हो।’ ताजा जनादेशमा गएर जनताले जे निर्णय गर्छन् त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको पोखरेलले बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले पाँच वर्षलाई निर्वाचित भएको प्रधानमन्त्रीलाई धक्का दिएर हटाउन खोज्ने, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई महाधिवेशन अगाडि नै हटाउने षड्यन्त्र भएपछि नयाँ परिस्थिति सिर्जना भएको समेत बताउदै प्रतिकूलताका बीच पनि आफूहरुले स्थायित्वका लागि काम गर्ने जिकिर गर्नुभयो ।उनले जस्तोसुकै प्रतिकुलता अवस्था सिर्जना भएपनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लडिरहने संकल्प पनि गरे । उनले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा र चुनाव चिह्न सूर्य आफूहरुकै हुने दाबी गर्दै उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको बताए।

