• TOKHA LIVE

    • २३ माघ २०७७, शुक्रबार ०८:४५

    ओली समूहले काठमाडौंमा बृहत् सभा गर्दै, यी नेताले गर्दैछन् सम्बोधन:-

    टाेखालाइभ डट कम/ माघ २३

    केपी शर्मा ओली नेतृत्वको नेकपाले आज काठमाडौंमा बृहत् सभा गर्दैछ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ सो समूहले नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागेको हो।

    नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुन लागेको सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्लाका नेता कार्यकर्ता सहभागी हुनेछन् ।

    साथै देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने नेकपाले जनाएको छ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

    सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलूस निकाल्ने कार्यक्रम छ । जुलुसमा साङ्गीतिक प्रस्तुतिसहित कलाकारहरु पनि सहभागी हुनेछन् ।

    पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको नेकपाले जनाएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।
    – आजको मध्यान्ह दैनिकबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै