टाेखालाइभ डट कम / माघ २२
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड आज आयोजना गरिएको आम हड्ताल सफल बनाउन गरिएको प्रदर्शनमा सहभागी भएका छन। नेकपा प्रचण्ड – नेपाल पक्षको आव्हानमा भएको हड्तालका क्रममा उपत्यकाका विभिन्न स्थानमा नेताहरुलाई जिम्मेवारी तोकिएको थियो।प्रतिनिधि सभा विघटन असंबैधानिक कदम भएको भन्दै चरणवद्ध आन्दोलन गर्दै आएको नेकपाले माघ २१ गते आकस्मिक पत्रकार सम्मेलन गर्दै आज आम हड्ताल घोषणा गरेको थियो।
प्रधानमन्त्रीको कदमले गणतन्त्र नै धरापमा पर्न लागेको बताउदै आएका अध्यक्ष प्रचण्डले माघ २१ गते संबैधानिक निकायमा भएको नियुक्ति र सपथ प्रति पनि असहमति जनाउदै आएका छन।
ललितपुर जिल्लाको पुल्चोकमा भएको प्रदर्शनमा अध्यक्ष प्रचण्ड नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषाल ,नेता विष्णु रिजाल सहित सहभागी भएका हुन्। फोटो: फेसबुकबाट

