जय न्यौपाने
टाेखालाइभ डट कम , माघ २२
नेकपा टोखा नगरपालिका वडा नं ७ का अगुवा कार्यकर्ता भेला नेकपा केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभा सदस्य माननीय कमरेड दीपक निरौलाको प्रमुख आतिथ्यमा टोखा न.पा वडा – ६ मा रहेको दैलो इभेन्टमा भएको कार्यक्रममा बागमती प्रदेश सभा सांसद दिपक निरौलाले सम्बाेेधन गर्नुभएको थियोे।
हिजो भएको कार्यक्रममा नेकपा टोखा वडा ७ का अध्यक्ष शिव के सीको सभापतित्वमा संचालन भएको सो भेलामा नेकपा केन्द्रीय सदस्य यबम् टोखा नगर प्रमुख प्रकाश अधिकारी नगर कमिटीका अध्यक्ष सत्य नारायण डंगोल नेकपा टोखा नगर सचिवालय सदस्य टोखा न.पा वडा नं ७ का अध्यक्ष नरोत्तम राना एवं नेकपा नगर कमिटीका सदस्य तथा नेकपा टोखा न.पा इन्चार्ज गोपी पाठक सहितको अगुवा कार्यकर्ता भेला माग २३ गते को जनसभा बृहत रुपमा सफल पारौ भन्ने उदेश्यले आयोजना गरिएको थियो ।

सो भेलामा टोखा नगर वडा नं ७ का संम्पुर्ण पदाधिकारी सहित सिङ्गो टोखा नगर कमिटी नेकपा एक मूलाधारमा उभिएकोमा धन्यवाद ज्ञापन दिदै बाग्मती प्रदेश सभा सदस्य सांसद दिपक निराैलाले यही माग २३ गते काठमाण्डौ नारायणहिटी गेट अगाडी राष्ट्र र राष्ट्रियताको धरोहर राष्ट्र नायक कमरेड केपी वलीको सम्बृद्धि परिकल्पना “संम्बृद नेपाल सुखी नेपाली ” अभियान नेपाली जनताका सम्बृद्धिको यात्रा सफल पार्न अराजकता अन्त्यको लागी राष्ट्रीय स्वाधीनताको लागी संविधानको रक्षाको लागी राजनितीक स्थिरताको लागी विकासको निरन्तर्ताको लागी एक जुट हुनको लागि सबैलाई सहभागी हुन अनुरोध गर्नुभयो
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टाेखा नगर कमिटी वडा ३ को अगुवा कार्यकर्ता भेला पनि सम्पन्न भएको छ। टाेखा नगरपालिका वडा नं ३ स्थित टाेखा केबको सभा हलमा भएको अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथि बागमती प्रदेश सभा सांसद दिपक निरौलाले सम्बाेेधन गर्नुभएको थियोे।

टाेखा नगर कमिटीको अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको भेलामा टाेखा नगर प्रमुख प्रकाश अधिकारीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षको अगुवा कार्यकर्ता भेलामा टाेखा नगर प्रमुख अधिकारीले आफुहरुले जनताको मन जितेर काम गरेकाले आगामी निर्वाचनमा जनताले साथ दिने विस्वास व्यक्त गर्दै लथालिङ्ग भएको सिङ्गो टाेखा नगरपालिकामा देखिने गरि विकासका कामहरू गरेको बताउनु भयो । संम्बृद नेपाल सुखी नेपाली ” अभियान नेपाली जनताका सम्बृद्धिको यात्रा सफल पार्न अराजकता अन्त्य, राष्ट्रिय स्वाधीनता र संविधानको रक्षा, राजनितीक स्थिरता र विकासको निरन्तरताको लागी सबै एक जुट भै कार्यक्रम सफल पार्न माग २३ गते काठमाण्डौ नारायणहिटी गेट अगाडी उभिन सबैलाई आव्हान गर्नुभयो।

कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सांसद दिपक निरौलाले चुच्चे नक्सा जारी गरेकै कारण सबैजना केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न लागेको बताएका थिए । राष्ट्रिय स्वाधिनता एवम सार्वभौम सत्ता रक्षा गर्नको लागि चट्टानी अडान लिएका कारण राष्ट्रिय तथा अन्तरास्ट्रिय शक्ति केन्द्रले केपी ओलीलाई पाखा लगाउन आरोप लगाएको बताउदै उहाँले सम्पुर्ण कार्यकर्तालाई उर्जाकासाथ लाग्न अनुरोध समेत गरेका थिए ।केपी ओलीको सरकारले इतिहासकै लोकप्रिय काम गरेकाले विपक्षहरु आतिएको बताउनु भयो।
सो भेलाको नेकपा टाेखा नगरपालिका अध्यक्षता सुर्यमान डंगोलले गर्नुभएको थियो।कार्यक्रममा ,केन्द्रीय सदस्य एबम टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी,केन्द्रिय सदस्य बाबू लाल डंगोल, जिल्ला कमिटी सचिवालय सदस्य नारायण भाई श्रेष्ठ,नगर कमिटीका अध्यक्ष सत्य नारायण डंगोल ,टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोल, नेकपा जिल्ला सदस्य मनिराज डंगोल, इन्चार्ज राधेश्याम श्रेष्ठ , बेखा नारायण डंगोल लगायत नेेेकपा कार्यकर्ता हरुको सहभागिता रहेको थियोे ।

