टाेखालाइभ डट कम / नविना श्रेष्ठ
माघ २०,२०७७
नेपाल स्काउटको सात प्रदेशका संयोजक तथा कर्मचारीहरुको अभिमुखिकरण तालिम सम्पन्न भएको छ। ककनी अन्तराष्ट्रिय स्काउट केन्द्रमा शुरू भएको Integration कार्यक्रमलाई सकेसम्म सहभागितामूलक तथा अन्तरक्रियात्मक बनाइएको थियो। कार्यक्रममा राष्ट्रिय एव अन्तर्राष्ट्रिय स्रोत व्यक्तिहरूमा रुपा गौतम, प्रशन्ना श्रीवास्तभ, विजेन्द्र ध्वजु , देवराज घिमिरेले स्काउट एव स्काउटिङ्ग अभियानका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले नेपाल स्काउट एव प्रदेश स्काउट कार्यालयहरूले पालना गर्नु पर्ने नीति, नियम, नियमावलीका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो। नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीले बालबालिका तथा युवाहरुको समग्र बिकास मार्फत देशैभरका ७५३तह सम्म नेपाल स्काउटलाई पुर्याइ यसलाई सबैभन्दा ठूलो र ब्यवस्थित स्वयमसेवी संस्थाको रूपमा बिकास गर्नुपर्ने निर्देशनात्मक विचारसहित यसको रोड म्याप प्रस्तुत गर्नु भएको थियो।

नेपाल स्काउट अन्तर्गत सातै प्रदेशका संयोजकहरु र कर्मचारीहरूका लागि ककनी अन्तराष्ट्रिय स्काउट तालिम केन्द्रमा सञ्चालित अभिमुखिकरण तालिम सफलताका साथ सम्पन्न भएको थियो। कार्यक्रमको समापन समारोहमा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रिय नेतृत्व अनि कर्मचारीहरुले पुराना स्काउटहरुको याेगदान एव ज्ञानको सहि सदुप्रयोग गर्दै संस्थागत बिकासको मुल धारमा ल्याउन प्रयत्न गर्नु पर्ने, पूर्ण रूपमा काममा केन्द्रित भई नेपाल स्काउटमा नयाँ ढगवाट काम भइरहेको छ भने अनुभूति दिलाउन सक्नु पर्ने, आर्थिक एव प्रशासनिक स्वच्छता तथा पारदर्शितामा ध्यान दिनु पर्ने कुरामा जोड दिनुभएका छन्।
कार्यक्रममा बोल्दै उहाँले संस्थामा नयाँ रक्त सञ्चार गरी नेपाल स्काउटलाई नयाँ जीवन अनि गति प्रदान गर्दै यसलाई देशैभरका ७५३ स्थानीय तहसम्म पुर्याइ बालबालिका तथा युवाहरुको समग्र बिकासमा केन्द्रित सबै भन्दा ठूलो र ब्यवस्थित स्वयंसेवी संस्थाको रूपमा प्रमाणित गर्नु पर्ने जिम्मेवारी,नयाँ नेतृत्व एव कर्मचारीहरुको काँधमा आएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले बताए।


