• TOKHA LIVE

    • २० माघ २०७७, मंगलवार ०२:२१

    टोखामा महिलाका लागि नि: शुल्क स्वास्थ्य शिविर संचालन(फाेटाे फिचर)

    टाेखालाइभ डट कम / नविना श्रेष्ठ
    माघ २०,२०७७

    टोखा नगरपालिका वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा हिजो महिलाका लागि नि:शुल्क स्वास्थ्य शिविर संचालन गरियो। टोखा नगरपालिकाले नि: शुल्क स्वास्थ्य शिविरका लागि संचालन गरेको  स्थानहरूमा टोखा नगरपालिका वडा १,२ र ३ को टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखामा भएको हो। भने यहि माघ २१ गते टोखा नपा वडा नं ४,५,६ र ७ वडाका महिलाका लागि तिलिङ्गतार मा. वि तिलिङ्गटार धापासीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ । त्यस्तै टोखा नगरपालिका वडा नं ८,९,१०,११ को माघ २३गते सोही वडाको कामना बोर्डिङ स्कूल गणेशस्थान गोङ्गबुमा स्वास्थ्य शिविर सञ्चालन हुने टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन् ।

     

    महिलाका लागि नि शुल्क स्वास्थ्य शिविरमा उपलब्ध सेवाहरूमा स्त्रीरोग विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण-
    पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग (VIAपरीक्षण)-
    पाठेघर खस्ने समस्या भएका महिलाहरुको लागि नि:शुल्क उपचारको समेत व्यवस्था गरेको टोखा नगरपालिकाकी उपप्रमुख ज्ञान माया डंगोलले बताइन् । यौनजन्य रोगहरू तल्लो पेट दुख्ने समस्याको नि: शुल्क उपचार, स्तन क्यान्सर परिक्षण- नि शुल्क सुगर, प्रेसर जाच र स्वास्थ्य शिक्षा तथा परामर्श सेवा दिईने हुदा स्त्रीरोग सम्बन्धि उपचार जाच (VIA) बिधि द्वारा गरिनेहुदा सम्पूर्ण सेवाग्राहीहरुमा ४००सय जनाले सेवा प्राप्त गरिएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

     

    महिलाका लागि नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा
    टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोल,टाेखा नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश आचार्य
    टाेखा नगरपालिका वडा १ का अध्यक्ष श्रीकृष्ण अधिकारी,टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी वडा सदस्य प्रेमकृष्ण खड्गी , पन्च कुमारी श्रेष्ठ
    ,टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंह राज श्रेष्ठ,टाेखा स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल लगायत स्वास्थ्य शिविरका स्वास्थ्यकर्मिहरुको उपस्थिती रहेको थियो।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै