• TOKHA LIVE

    • १९ माघ २०७७, सोमबार १२:५५

    टोखामा १ महिने स्वस्थानी व्रत कथा तथा हरिहर भजन सुरु :-

    टोखा लाइभ डट कम  / माघ १९ काठमाडौं

    टोखा नगरपालिकाको वडा नं.२ मा अवस्थित महत्त्वपूर्ण  धार्मीक मन्दिर चण्डेश्वरीमा श्री स्वस्थानी व्रत कथा तथा हरिहर भजनको एक महिने धार्मीक मेला गत हप्ता सोमबारदेखी सुरु भएको छ । पौषशुल्क पुर्णीमा तिथीदेखी सुरु हुने यो मेला एक महिनासम्म सञ्चालन हुने गर्दछ ।

    हिन्दु परम्परा अन्तर्गत सम्मान पाएका ३३ काेटी देवदतासंग गासिएको यस टोखा क्षेत्रमा चौसट्ठी शिवलिङ्गमध्ये चण्डिकेश्वर, धर्मेश्वर र गोकर्णेश्वर पनि पर्दछ ।हालको जोरपाटी नजिक पर्ने गोकर्णेश्वर महादेवलाई टोखाको सुप्रसिद्द तिर्थको रूपमा नेपाल महात्म्यले चिनाउन खोजेको पाइन्छ। यस्ले टोखाको फैलावट पहिले कति थियो भन्ने थाहा हुन्छ। हिमालयकि पुत्री पार्वतीले श्री महादेवलाई पतिको रूपमा प्राप्त गर्न टाेखाको पिण्डारक तिर्थमा नुहाई चण्डिकेश्वर महादेव को पुजा तथा आराधना गरेको स्वस्थानीमा बर्णन गरेको पाइन्छ।यसै मन्दिरको छेउमा पौराणिक कालका दक्षप्रजापतिले यज्ञ गरेको स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास रहेको पाइन्छ ।

    दक्षप्रजापतिले यज्ञ गर्दा महादेवलाई बोलाएनन् । सतिदेवीलाई घोर अपमान  बोध भयो। उनले यज्ञकुण्डमा प्रवेश गरेर आफ्नो प्राण त्यागिनमहादेवले  सतिदेवीकोको देह बोकेर मर्त्यमण्डल घुम्दै हिड्दा पुनः यहि ठाउँमा आइपुगे यसै ठाँउमा सतिदेवीको बायाँ स्तन पतन भयो र त्यसपछि चण्डेश्वरी देवि तथा चण्डिकेश्वर महादेवको उत्पत्ति भएको र शिवशक्ती स्वरुपले बस्न थालेको कथा यिनै चण्डेश्वरी देविसंग गासिएको छ। पौराणिक कथा अनुसार सुदर्शन चक्रले यसै ठाँउमा आइ तपस्या गरेको किवदन्तीको प्रमाणका लागि मन्दिर प्रवेशद्वारमा दायाँपट्टि रहेको कालो माटाे र यज्ञ कुण्डको नमुना अझै  हेर्न सकिन्छ ।

    यो अवलोकनका लागि काठमाडौं भक्तपुर , ललितपुर आसपासका ठाउँबाट भक्तजनहरुको  बिहान सबेरै देखि दर्शनार्थीहरुको बाक्लो उपस्थिती हुने गर्दछ।

    काठमाडौ जमल घन्टाघर सहिदगेट , सामाखुसी हुँदै   सार्वजनीक यातायातका साधनबाट आवतजावत गर्न लागि  सजिलै माइक्रोबस पाउन सकिन्छ ।भने छिमेकी नगरपालिका बुढानिलकण्ठ र  तारकेश्वर नगरपालिकाबाट १ घन्टामा पैदल हिडेर समेत टाेखा पुग्न सकिन्छ ।

    १ महिने स्वस्थानी व्रत कथा तथा श्री  हरिहर भजन सुरु भएसंगै टाेखा नगरका घरघरमा स्वस्थानी ब्रतकथा बाचन गर्ने र स्वस्थानी सुन्ने र भन्ने क्रम सुरुहुनेको साथै माघ महात्म्यको रूपमा महिना भरी मनाइने यो पर्वलाई माघमहात्म्य पनि भनिन्छ।

    पौष शुक्ल पूणिर्मा देखि माघ शुक्ल पूणिर्मसम्म यो पर्वमा प्रत्येक दिन माध  हरिहर भजन गाउने समुहको लागि गुथीका एकजना संयाेजकले टाेखा बजारमा बिहान सबेरै शङ्ख बजाएर बुढापाका र युवा केटाकेटीलाई हरिहर गाउन निम्तो स्वरुप उठाउन आउने गर्छ।

    एवं रितले चण्डेश्वरी मन्दिरमा पुगि नुहाइ धुवाइ गरेर फर्की प्रत्येक दिन बेग्लाबेग्लै माध: हरिहर भजन गाउदै टाेखा नगर २/३ परिक्रमा गरेको १ महिना पश्चात  माघ शुक्ल पूणिर्मसम्म  बुढापाका र केटाकेटीलाई एकमहिना भएपछि पुजाआजा गरेर चण्डेश्वरी मन्दिरमा विर्सजन गरि  हरिहर भजन गुथि टाेखाले भोजको आयोजना गर्ने परम्परा रहेको छ । हाल यो परम्परा टाेखा नगरपालिकाका २र ३ का स्थानीय युवापुस्ताले आफ्नै स्रोत साधनलाई जुटाएर हरिहर भजन गुथिको परम्परा धान्दै आइरहेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै