• TOKHA LIVE

    • १९ माघ २०७७, सोमबार ०८:३८

    कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध:-

    टाेखा लाइभ / माघ १९,२०७७

    नेपालमा बर्डफ्लु संक्रमण पुष्टि  भएसंगै संक्रमण फैलन सक्ने जोखिमलाई ध्यान राख्दै सरकारले भारतबाट कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध लगाउदै मुलुकभित्र उच्च निगरानीमा राखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
    रोग देखिएको क्षेत्रमा १८६५ वटा हाँस , ६२२ बट्टाई ,३२ कुखुरा , २५ टर्की ,५४२ अन्डा र ७५ किलो दाना समेत नष्ट गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।
    हाल संक्रमण देखा परेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइसकिएको बताउदै सरकारले रोग नियन्त्रणमा सघाउन बिभागले पशुपन्छीजन्य उत्पादनको ओसारपसार गर्दा स्वास्थ्य परिक्षण गर्न ब्यक्तिगत सरसफाइमा ध्यान दिन र फार्म परिसरमा जैविक सुरक्षाको विधि अवलम्बन गर्न समेत आग्रह गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै