• TOKHA LIVE

    • १९ माघ २०७७, सोमबार ०७:५०

    चीनले नेपाललाई ३ लाख डोज भ्याक्सिन दिने:-

    काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

    काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ ।

    चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई सो भ्याक्सिन दिइसकिएको दूतावासले जनाएको छ । भ्याक्सिनको विश्वसनीयता उच्च स्तरको रहेको दूतावासको भनाइ छ ।
    चिनियाँ दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको दाबी गरेको छ ।

    यसअघि भारतले पनि नेपालाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएको थियो । हालसम्म पाकिस्तान, इजिप्ट, हंगेरी, यूएईलगायत १३ मुलुकमा भ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाएको दूतावासले जानकारी दिएको छ । राजधानी दैनिकबाट

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै