• TOKHA LIVE

    • १८ माघ २०७७, आईतवार २०:०१

    टाेखा नगरपालिकामा महिलाका लागि नि:शुल्क स्वास्थ्य शिविर हुने:-

    टाेखालाइभ/ माघ १८,२०७७

    टाेखा नगरपालिकाले भोलि देखि  महिलाका लागि नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । टाेखा नगरपालिकाले नि:शुल्क स्वास्थ्य शिविरका लागि संचालन हुने स्थानहरुमा टाेखा वडा २ को टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टाेखामा मिति २०७७/१०/१९ गते भोलि महिलाका लागि स्वास्थ शिविर संचालन हुनेछ भने टाेखा वडा ७ को तिलिङ्गटार मा.बि, तिलिङ्गटार धापासी यहि माघ २१ गते महिलाका लागि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने बताएको छ। भने टाेखा नगरपालिका वडा ९ मा यहि माघ २३ गते सोही वडाको कामना बोर्डिङ स्कुल, गणेशस्थान गोङबुमा स्वास्थ्य शिविर संचालन हुने आयोजक टाेखा नगरपालिकाले जानकारी दिएको छ।

    महिलाका लागि नि:शुल्क स्वास्थ्य शिविरमा उपलब्ध सेवाहरुमा (१) स्त्रीरोग विशेषज्ञहरुबाट (Gynecologist) स्वास्थ्य परिक्षण :-
    (२)पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ्ग(VIA परिक्षण) :- , (३)पाठेघर खस्ने समस्या भएका महिलाहरूको लागि नि: शुल्क उपचार :-(४)यौनजन्य रोगहरु, तल्लो पेट दुख्ने समस्याको नि: शुल्क उपचार :- (५) स्तन क्यान्सर परिक्षण :- , (६) नि: शुल्क सुगर प्रेसर जाच र स्वास्थ्य शिक्षा तथा परामर्श सेवा दिइने हुँदा स्त्रीरोग सम्बन्धि उपचार ,जाच तथा परामर्श को साथ-साथै पाठेघरको जाँच VIA बिधि द्वारा गरिनेहुदा सम्पुर्ण सेवाग्राहीहरुमा सेवा लिनुहुन टाेखा नगरपालिकाले अनुरोध गरेको छ।
    नाम दर्ता गर्ने समय :बिहान ९:०० बजे देखि दिउँसो १२:०० बजे सम्म।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै