• TOKHA LIVE

    • १८ माघ २०७७, आईतवार १७:४९

    ‘श्रमिक’ साप्ताहिकको २८ औँ, ‘मजदुर’ दैनिकको २३ औँ र अनलाइन मजदुरको पाँचौँ वार्षिकोत्सव सम्पन्न:-

    भक्तपुर माघ१८

    ‘श्रमिक’ साप्ताहिकको २८ औँ, ‘मजदुर’ दैनिकको २३ औंँ र ‘अनलाइन मजदुर’ को पाँचौँ वार्षिकोत्सव कार्यक्रम अन्तरक्रियात्मकरूपमा शनिबार ख्वप इन्जिनियरिङ्ग कलेजको सभाहलमा सम्पन्न भएको छ।
    कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले शोषित पीडित कामदार वर्गको हितमा गरिने पत्रकारिता सजिलो नभएको उल्लेख गर्दै ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ लाई अझ परिष्कृत र व्यापक पार्न शुभेच्छुक सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
    विज्ञान र प्रविधिको क्षेत्रका नयाँ आविष्कारहरूलाई देश र जनताको हितमा प्रयोग गर्नुपर्ने चर्चा गर्दै उहाँले व्यापक जनताको सेवाबाहेक नेमकिपाको कुनै अर्को स्वार्थ नभएको स्पष्ट पार्नुभयो ।
    निःस्वार्थी निडर हुने तथ्य औँल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो, “हामीले निःस्वार्थी भएर देश र जनताको हितका लागि काम गर्ने भएकोले कुनै हिनताबोध पाल्नुपर्दैन । कसैसित डराउनुपर्दैन ।”
    नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले जनताको बीचमा सही विचार पु¥याउन ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र ‘अनलाइन मजदुर’ ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो ।
    ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले नेपालको राजनीतिलाई सही दिशा निर्देश गर्ने, जनताको पीडा र समस्यालाई सरकार र सम्बन्धित निकायसम्म पु¥याउने, सीमा अतिक्रमणविरुद्ध जनतालाई जागृत गर्ने काम गरिरहेको बताउनुभयो । भारतमा भाजपाको फासीवाद र काश्मीरको स्थिति, चीन–संरा अमेरिका व्यापार युद्धको वास्तविकता आदिबारे जनतालाई अवगत गराउने, कोरोना भाइरस सङ्क्रमणको ढाकछोपविरुद्ध खबरदारी गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययनका लागि निकै सघाउ पुग्ने सामग्रीहरू ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकले प्रकाशन गर्दै आएको उहाँले बताउनुभयो ।
    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति,नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जन,नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजू,नेमकिपाका केन्द्रीय सदस्य एवं काभे् जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्य
    नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विक ,लेखक एवम् इन्जिनियर राजदास श्रेष्ठ, लेखक एवम् शिक्षक योगेन्द्रमान बिजुक्छँे,नेपाल प्राध्यापक समाजका डा. राजुभाइ त्यात,
    ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ,ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक,ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल,मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसी र प्रकाश थुसा
    लगायतले कामदार वर्गको हितको आवाज उठाउने ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिका माथि चर्चा गर्दै प्रकाश पार्नुभएको थियो । कार्यक्रम श्रमिक’ साप्ताहिकका कार्यकारी सम्पादक अनुराधा थापामगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै