टोखा लाइभ डेस्क / माघ १६ ,२०७७
ऐतिहासिक टोखा नगरपालिकामा बिगत लामो समय देखि पत्रकारिता गरिरहेका स्थानीय पत्रकारहरुबाट संचालित छोटो समयमा नै लोकप्रिय भएको ‘टोखा लाइभ डट कम’ (www.tokhalive.com )अनलाइनलाई नेपाल सरकारको सूचना विभागबाट स्वीकृति प्रदान गरेको छ। ‘टोखा लाइभ डट’ कम सूचना बिभाग मा दर्ता भएसंगै टोखा संस्कृति संरक्षित क्षेत्र ऐतिहासिक टोखा नगरपालिका भित्रमा स्थानीय पत्रकारबाट संचालित पहिलो सूचना अनलाइन भएको छ।
नेपाल सरकार सूचना तथा संचार विभागले आज शुक्रवार टोखा छहरे मिडिया प्रालीको अनलाइन प्रकाशन टोखा लाइभ डट कम/ www.tokhalive.com अनलाइनलाई दर्ताको प्रमाणपत्र प्रदान गरेको हो। सरकारले अनलाइन दर्ताको सबै दर्ता प्रक्रिया सूचना विभाग मातहतमा दर्ता नं. २३७५/ ०७७-७८ सि. नं राखिदिएको छ। प्रेस काउन्सिलको विवरणमा रहेका हाल नेपालमा करीब ५ सय अनलाइन पत्रिकाहरु दर्ता भएर सञ्चालनमा छन्। टोखा लाइभ डटकम गत वर्ष देखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। यसमा संम्पादकमा सविता डंगोल अध्यक्ष तथा प्रधान संपादक हिकमत डंगोल रहेका छन् भने सह- सम्पादक तथा प्रकाशकमा सानुराज डंगोल रहेका छन्।
यसले समाचार,राजनीति,आर्थिक , खेलकुद , समसामयिक सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेटेको छ। टोखा नगरपालिका वडा नं-६ मा समेत कार्यालय राखि यस अनलाइन सञ्चार माध्यममार्फत विश्वभर रहेका नेपालीका गतिविधि नेपालमा रहेका नेपालीसम्म र नेपालको गतिविधि विश्वभरी रहेका नेपालीसम्म समाचार सम्प्रेषण गर्दै आईरहेको छ।

