टाेखा लाइभ / माघ ९ काठमाडौँ, ।
टोखा नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं ३ स्थित सदभाब ब्यान्केटमा मंगलबार नगर प्रमुख प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको बिशेष अतिथिको रुपमा टोखा नगरपालिका उप प्रमुख ज्ञान माया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यको उपस्थिती रहेको थियो ।
कार्यक्रममा टोखा नगरपालिका उप प्रमुख ज्ञान माया डंगोलले स्वागत मन्तब्य तथा शुभकामनाका साथै ससोधित आय –व्यय सहित आठौं नगर सभाको बजेट प्रस्तुत गरेकी थिइन उनले सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग, एकल महिला लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताएकी थिइन ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले शुभकामना मन्तब्य सहित कार्यक्रमको उदेश्यका बारेमा बताउदै उनले टोखा नगरपालिकामा चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरुको कार्यान्वयनलाई विशेष ध्यान दिएर कार्य गरिरहेको बताउदै हालसम्मको योजना कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताएका थिए । नगरबासीसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक बर्ष २०७७र७८ को हाल सम्म भएका मुख्य मुख्य प्रगति संसोधित भौतिक तथा वित्तीय प्रगति र संसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उनले नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर टाेखा नगरपालिकालाई समृद्ध र नमूना बनाउन आफू लागिपरेको पनि बताउदै विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस ९कोभिड १९० को रोकथाम, नियन्त्रण र व्यवथापनमा नगरपालिकाले अहोरात्र कार्य गरेका कारण नगर क्षेत्रमा कोभिडको असर कम गर्न सकिएको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्य, शिक्षा, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।
टोखा नगरपालिकाको आठौं नगर सभामा शिक्षा शाखा प्रमुख बाबुराम गौतम,ज्येष्ठ नागरिक महिला तथा दलित नगर सभा सदस्य वडा नं १० कि वडा सदस्य सुर्यकुमारी नेपाली , ज्येष्ठ नागरिक पुरुष नगर सभा सदस्य वडा नं ६ का वडा अध्यक्ष महेश्वर केसी,जनजातिको तर्फ बाट ज्येष्ठ नागरिक नगर सभा सदस्य वडा नं ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, सहित सम्पूर्ण वडाका वडा अध्यक्ष वडा सदस्य तथा कार्यपालिका सदस्यहरु सहित बिषयगत शाखा प्रमुख र कर्मचारी हरुको उपस्थित रहेको थियो ।कार्यक्रम संचालन वडा नं १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रमको अध्यक्ष एबम नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गरेका थिए ।

