टाेखा लाइभ / नविना श्रेष्ठ
माघ ०८,२०७७
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका २ घुमथाङ्गका बाढी तथा पहिरोले प्रभावित भएका पीडितलाई नेवा: गुठी टोखाले आर्थिक सहयोग गरेका छन् । गत असार साउनमा बाढी पहिरोका कारण सिन्धुपाल्चोकका भोटेकोशी गाउँपालिका र बाह्रविसे नगरपालिकामा ठुलो मात्रामा धनजनको क्षति भएको थियो।
बाह्रविसे नगरपालिका-२ घुमाथाङ्गका बाढी तथा पहिरो पीडित नेवार समुदायलाई टोखा नेवा: गुठीको अगुवाइमा संकलित रु ५०,०००।- रुपैया नेवाः देय् दबुका केन्द्रीय अध्यक्ष नरेशविर ताम्राकारलाई मंगलबार एक कार्यक्रमबीच नेवा: गुठि टोखाका अध्यक्ष रमेश नापितले उक्त रकम हस्तान्तरण गरेका थिए। नेवा:गुठी टाेखाका कार्यसमिति सदस्य संघसंस्था सहकारी लगायतबाट संकलित उक्त रकम बाढीपीडित नेवाः समुदायलाई राहात सहायता स्वरुप हस्तान्तरण गरिएको नेवा गुठि टोखाका अध्यक्ष रमेश नापितले बताए।
उक्त राहात सहायता रकम हस्तान्तरण कार्यक्रममा नेवा: गुठी टाेखाकाअध्यक्ष रमेश नापित, नेवा: गूठी टाेखाका पूर्वअध्यक्ष देवराज डंगोल , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ र नेवा: गूठी टाेखाका महासचिव हेराकाजी डंगोल लगायत कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

