• TOKHA LIVE

      TOKHA LIVE

    • ५ माघ २०७७, सोमबार ११:३४

    बालप्रेमी खेलकुद मण्डलको ४० औँ वार्षिकोत्सव सम्पन्न

    २०७७, माघ ५ गते

    टोखा लाइभ । ‘ सम्पूर्ण युवाहरू एउटा जोश, जॉगर र उत्साह बोकी खेलकुदलाई उच्च उठाऔं ‘ भन्ने मूल नाराका साथ स्थापित टोखाको बाल प्रेमी खेलकुद मण्डलको ४० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बाल प्रेमीले आइतवार वार्षिकोत्सवको अवसरमा क्लवमा आवद्ध भई खेललाई अगाडी बढाई रहेका जापान नोन्बुकाई करातेका खेलाडीहरूलाई सम्मान, पुरस्कार , फुटबल वितरण र सदस्य सम्मान कार्यक्रम आयोजना गरेको हो ।

    स्थानिय भेषभुषा, भाषा, संस्कृति र कलाका विद्यार्थीहरुद्वारा विशेष प्रस्तुती तथा प्रदर्शनीसहित संस्कृतिक कार्यक्रम बाल प्रेमी खेलकुद मण्डलले सम्पन्न गरेको छ । आ–आफ्नो जातिय र सांस्कृतिक भेषभुषासहित खेलाडी तथा कलाकारहरू उपस्थित भएका थिए ।

    प्रारंभमा टोखा नगरपालिका उप मेयर ज्ञानमाया डंगोलले केक काटेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो। उप मेयर ज्ञानमाया डंगोलले लामो इतिहाससहित विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकोले बाल प्रेमी खेलकुद मण्डलले गरिमालाई बचाउँदै थप क्रियाशील बनाउन नव पदाधिकारी समितिलाई शुभकामनासहित सुझाव दिए । ज्ञानमायाले विगतको प्रसंग कोट्याउँदै भन्ने – “ म पनि सानैदेखि नाचगान गर्दे हुर्केर यो संस्थामा आएको हुँ ।बाल प्रेमीले उत्कृष्ट नाचागान सिकाउँदै राम्रो कलाकार उत्पादन गरोस र प्रशिक्षकले पनि खेलकुदलाई निरन्तरता देओस । म यही शुभकामना दिन चाहान्छु”।

    यसैगरी सो कार्यक्रममा टोखाका देय् नाय: हेमराज श्रेष्ठले सानो स्वागत गीत गाएर कार्यक्रमलाई अझ रौनकता थपेका थिए। बाल प्रेमीको ४० औं अवसरमा उनले स्वस्थ र निरोगी रहन सबैले खेलकूदलाई अपनाउनुपर्ने सुझाव दिँदै आफ्नो गतिविधिलाई निरन्तरता दिन क्लबका पदाधिकारीहरुसँग आग्रह पनि गर्नु भयो ।

    बाल प्रेमी खेलकुद मण्डलको कार्यक्रममा उपस्थिति रहेको उक्त समारोहलाई सम्बोधन गर्दै कानुनविद सत्यनारायण डंगोलले नयाँ पुस्तामा देखिएको आफ्नो जातिय तथा परम्परागत पेशा प्रतिको वितृष्णालाई यस कार्यक्रमले हदसम्म कम गरि आफ्नो मौलिक पहिचानप्रति गौरव गर्न बालबालिकाहरुलाई प्रेरित गरेको बताए ।

    कार्यक्रममा उत्कृष्ट खेलाडी सम्मान गर्ने सिलसिलामा करॉते गुरूहरूमा कृष्ण वहादुर राई, लक्ष्मण डंगोल, प्रतिक डंगोल, रचना डंगोल, रश्मी श्रेष्ठ र राष्ट्रीय क्रिकेट खेलाडी खुशी डंगोल पनि बाल प्रेमी खेलकुद मण्डलका अध्यक्ष रमेश डंगोलबाट सम्मानित हुनुभयो।

    यसै गरी कार्यक्रमको अन्त्यमा बाल प्रेमी खेलकुद मण्डलको अध्यक्ष रमेश डंगोलले समयले साथ दिएको खण्डमा अर्को वर्ष भव्यताका साथ कार्यक्रम गर्ने मनसाय व्यक्त गर्नु भयो। नयाँ पुस्तामा पनि आफ्नो संस्कृतिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको र यस्ता कार्यक्रमलाई निरन्तर रुपमा गर्दै अगाडी बढ्ने प्रतिवद्धता रमेश डंगोलले व्यक्त गर्नुभयो ।कार्यक्रममा टोखा नेवा गुठीका गणेशमान श्रेष्ठ, राधेश्याम श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो भन्ने टोखा सरस्वती गाविसका पूर्व अध्यक्ष बाबुलाल डंगोल र न्हुज पुस्तकालयका महासचिव विकास डंगोलको पनि उपस्थिति रहेको थियो।

    उक्त बाल प्रेमी खेलकुद मण्डलको अध्यक्ष रमेश डंगोलको अध्यक्षता र जय कुमार श्रेष्ठको सञ्चालनमा चलेको थियो । सो कार्यक्रम अवलोकन पश्चात् बाल प्रेमी खेलकुद मण्डलले प्रशंसा योग्य कार्य गरेको प्रतिकृया उपस्थित स्थानीय समुदायका व्यक्तिहरुले दिए ।

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै