• TOKHA LIVE

    • ३ जेष्ठ २०७७, शनिबार १२:२६

    सक्षम बन्दै सन्त कुमारी:-

    एउटा सानो कोठा छ। कोठाको बीचमा एउटी महिला हातेतानबाट ढाका साडी बुन्दै गरिरहेकी छिन् । उनी क्षण – क्षणमा बुट्टा पनि भर्दे गरेकी हुन्छिन्।सोही कोठामा आफुले बुनेका विभिन्न वस्तुहरूले सजिएका छन्।यो दृश्य हो , टोखा नगरपालिका वडा नं-३ स्थित ध्व:त्वाचाकै एक कोठाको।

    सानोतिनो शो- रूम भने पनि हुने सो कोठामा ढाकाको साडी, कुर्ता सलवार र जन्डी बनाउन तल्लीन रहने महिला हुन्- सन्त कुमारी श्रेष्ठ ।लगनशील भए पढ़ाई नगरे पनि प्रगति गर्न सक्दो रहेछ भन्ने कुरा बाल्यकाल देखि नै ढाका बुनाई सम्बन्धि काम गर्दे आएकी सन्त कुमारीको काम र सीप हेर्दा नै थाहा हुन्छ ।

    उप – मेयर ज्ञानमाया डंगोलका अनुसार २०७२/७३ साल टोखामा “महिला जागरण समाज नेपाल” ले ३ महिने ढाका बुनाई तालीम २ पटक सम्म् सन्चालन गरेको थियो। जसमा ५२ जना प्रशिक्षार्थीहरूले तालीम लिएको थियो। “व्यवसायिक तथा सीप विकास केन्द्र “ भैसीपाटीको मातहतमा सन्चालनमा भएको सो तालीममा सन्त कुमारी श्रेष्ठले पनि तालिम लिएकी थिइन ।उनी उक्त तालीम पश्चात यस कार्यमा दक्ष बनिन् र आफ्नै घरमा हातेतान खोलेर व्यवसायिक रूपले उत्पादन गर्न थालिन ।जसले गर्दा अहिले उनी जागीरको भन्दा कयौ बढी आम्दानी गर्न सक्षम भएकी छिन।

    यस बारेमा सन्त कुमारी श्रेष्ठ भन्छिन- “ हातबाट निर्मित टोखाको ढाकाको साडी लगाएर पार्टीमा पुग्ने माथि जो कसैको नजर पर्ने गर्छ । कार्यक्रममा ढाकाको कुर्ता सलवारमा सजिएकी महिलाका लागि पनि त्यो पहिरन नौलो बन्छ । आधुनिक र फरकपन भएकाले हिजोआज यो कपडाको बजार माग बढेको छ ।मेरो आफ्नै सक्रियतामा ६ वर्ष अघिदेखि खोलिएको टोखा ढाका साडीले बजार पाएको छ । मैले साडी, कुर्ता सलवार र जन्डीको सेट बिक्री गर्ने गरेकी छु “।

    “अहिले माग बढी हुन्छ तर उत्पादन कम हुन्छ, गर्मीको समयमा उत्पादन गरेर त्यही कपडा जाडोको समयमा बिक्री गर्ने गर्छौं, जाडोमा तानमा काम गर्न गाह्रो हुने भएकाले उत्पादन कम हुन्छ ”, उनले भनिन्। उनले आफूले एउटा ढाका साडीलाई ५ हज़ार सम्ममा बिक्री गर्ने गरेको बताउनुभयो ।

    टोखा नगरपालिका उप – मेयर ज्ञानमाया डंगोलले स्वदेशी उत्पादनलाई टेवा पुग्ने र व्यक्तित्वमा समेत ढाकासाडी राम्रो मानिएकाले आफूले पनि ढाका साडी लिएको बताइन । उनले हरेक नागरिकले स्वदेशी ‘ब्रान्ड’लाई माया गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिने बताइन ।

    Facebook Comments

    सम्बन्धित खवर

    गोंगबुबाट लागुऔषधसहित दुईजना पक्राउ

    छुटाउनुभयो कि? सबै