TokhaLive
  • टोखा बिशेष
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
    • बिज्ञान/प्रविधि
  • समाज
  • कला संस्कृति
  • विचार
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य

Trending now

  • काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन २०८३ कार्तिक १५, आइतवार
  • नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो २०८३ कार्तिक १५, आइतवार
  • नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा २०८३ कार्तिक १५, आइतवार
  • टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए २०८३ कार्तिक १४, शनिवार
  • १५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी २०८३ कार्तिक १४, शनिवार

स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री पौडेल

  • Avatar photo

    TOKHA LIVE

  • २०८१ माघ १६, बुधवार
स्वास्थ्य क्षेत्रमा काम गर्नेलाई सरकारले सहयोग गर्छ : स्वास्थ्यमन्त्री पौडेल
  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link

काठमाडौँ, १६ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वयंसेवीलाई सरकारले सहयोग गर्ने बताउनुभएको छ । सहिद दिवसका अवसरमा नेपाली कांग्रेस टोखा नगर कार्यसमितिले जनकल्याण सामाजिक केन्द्रसँगको सहकार्यमा आज आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सेवा गर्नेलाई सरकारले सहयोग गर्ने बताउनुभयो । “स्वास्थ्य क्षेत्रमा शिविर राख्नका लागि आवश्यकपर्ने जनशक्ति र औषधि सरकारले सहयोग गर्छ”, उहाँले भन्नुभयो । स्वास्थ्यमन्त्री पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्ने सबै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गर्नका लागि कांग्रेसले अगुवाई गर्नसमेत आग्रह गर्नुभयो । आँखा शिविरबाट शल्यक्रिया गर्नुपर्ने बिरामीको सूची बनाएर शल्यक्रियाका लागि शिविर गरिने उहाँको भनाइ थियो । कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले टोखाका बासिन्दालाई स्वस्थ राख्न आगामी दिनमा टोखाभरि यस्ता कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । नेपाल नेत्रज्योति सङ्घ र आँखा अस्पताल तथा अध्ययन केन्द्रसँगको सहकार्यमा भएको निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५० व्यक्तिले आँखाको जाँच गरेको र तीन सय ५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिनुभयो । काठमाडौँको टोखामा सञ्चालित जनकल्याण सामाजिक केन्द्रले हालसम्म काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न स्थानमा पुगेर तीन सय ५२ पटक निःशुल्क स्वास्थ्य शिविर गरिसकेको छ । सोही अवसरमा आँखा शिविर सञ्चालन गर्न सहयोग व्यक्तिलाई सम्मान गरिएको थियो ।

  • Facebook
  • Share on X
  • LinkedIn
  • WhatsApp
  • Email
  • Copy Link
सम्बन्धित खवर
काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन

२०८३ कार्तिक १५, आइतवार
नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

२०८३ कार्तिक १५, आइतवार
नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

२०८३ कार्तिक १५, आइतवार
टोखाबाट देखिए उत्तरतर्फका हिमाल,  सुनौलो किरणले हिमशृङ्खला चम्किए

टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए

२०८३ कार्तिक १४, शनिवार
१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी

१५ वर्षपछि टोखामा सामूहिक म्हः पूजा हुँदै, नेवाः गुथिले थाल्यो तयारी

२०८३ कार्तिक १४, शनिवार
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

२०८३ कार्तिक १४, शनिवार
  • छुटाउनुभयो कि? सबै
    काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन

    काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज समापन

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

    नेपा एपमा थपिए नेपाली ओसीआरदेखि अस्पतालको खाली बेड खोज्नेसम्मका सुविधा

    टोखाबाट देखिए उत्तरतर्फका हिमाल,  सुनौलो किरणले हिमशृङ्खला चम्किए

    टोखाबाट देखिए उत्तरतर्फका हिमाल, सुनौलो किरणले हिमशृङ्खला चम्किए


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol