• TOKHA LIVE

    • २५ पुष २०७७, शनिबार १०:३७

    इनारको भ्यागुतो:-

    चिनीयाँ लोककथा
    टाेखा लाइभ / पुस २५
    छिपछिपे पानी समेत नभएको एउटा इनारमा एउटा भ्यागुतो बस्दथ्यो। त्यो भ्यागुतो सधैं खुशी रहन्थ्यो। एक दिनको कुरो थियोः त्यस भ्यागुताले पूर्वी सागरबाट आएको एक स्थुलकाय कछुवालाई भन्योः “मलाई अतिशय खुशी लागेको छ, बाहिर घुमफिर गरेपछि इनारको छेउमा राखिएको बारमा उफ्रँदै रमाउँदै गर्छु, इनारमा फर्केर इनारको मक्किएको ईंटको भित्ताको प्यालमा बसेर आराम गर्नपाउँछु। इनारको हिलोमा खुटा टेक्दा मेरा दुइ खुट्टाका सतहसम्म हिलो मात्र हुन्छ। ती स-साना किरा, झिंगा तथा भ्यागुता वा पाहाका भुरा हेर्दा कति साना लाग्छन। र तिनीहरु मेरो तुलनामा आउन सक्दैनन। म यस इनारको मालिक हुँ र इनारमा उफ्रँदै खेल्दै र आराम गर्दै कति मज्जा हो कति। तपाईं इनारमा आएर निरिक्षण गर्नुहोस् न।”

    त्यो स्थुलकाय समुद्री कछुवाको बाँया खुट्टा इनारमा पस्दा नपस्दै दायाँ खुट्टा इनारको भित्तामा च्यापियो। कछुवा इनारबाट निस्क्यो र इनारको भ्यागुतालाई विशाल समुद्रको दृश्य बयान गर्दै “तपाईंलाई एक हजार किलोमिटरको दूरी निकै टाढा लाग्छहोला, तर विशाल समुद्रको तुलना गर्ने त्यसको हैसियत छैन। हजार मिटर निकै अग्लो छ भने समुद्रको गहिराईको तुलनामा त्यसले गर्न सक्दैन । स्या युको अवधिमा दश वर्षमा नौ वर्षमा बाढी आउने गर्थ्यो । तर समुद्रको पानी बढेको थिएन। शांग थांग कालमा आठ वर्षमा सात वर्ष खडेरी परेको थियो। तर समुद्रको पानी कम भएन। अहो, कहिले पनि नसुक्ने समुद्र समयको परिवर्तनका क्रममा पनि त्यसमा कुनै परिवर्तन आएको छैन र पानीको घट-बढको प्रभाव त्यसमा पर्दैन। पूर्वी सागरमा बसेर मलाई अति खुशी लागेको छ। ”

    भ्यागुताले समुद्री कछुवाको कुरा सुनेपछि आकुल-व्याकुल भयो र त्यसको आँखाको ज्योति पनि गुम्लाजस्तो भयो। उसलाई आफू निकै तुच्छ प्राणीजस्तो लाग्यो।

    मानिसहरुले अलिकति कुरा थाहा पाएमा आत्मसन्तुष्ट नगर्ने र अलिकति काम गरेमा पनि घमण्ड नदेखाउने शिक्षापाठ यो कहानीमा देखिएको छ ।

    (श्रोत :- China ABC )

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै