नविना श्रेष्ठ
जेठ २०,२०८३
नेपाल कानून व्यवसायी परिषद् द्धारा आयोजित बागमती प्रदेश अन्तर्गत नेपाल पुलिस क्लव, प्रदर्शनीमार्ग काठमाडौंमा ३४औं अधिवक्ता तहको परीक्षा उत्तीर्ण भएका नव प्रवेशी कानून व्यवसायीहरूको दुई दिवसीय पूर्व व्यवसायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। अधिवक्ता प्रमाणपत्र वितरण कार्यक्रम परिषद् अध्यक्ष एवम् महान्यायाधिवक्ता डा. नारायण दत्त कडेलको अध्यक्षतामा सर्वोच्च अदालतका माननीय न्यायाधीश विनोद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा परिषद् उपाध्यक्ष एवम् नेपाल बार एशोसिएशनका अध्यक्ष व.अ. प्रा.डा. विजयप्रसाद मिश्र लगायत परिषद्का पूर्व अध्यक्षहरु, उपाध्यक्षहरु, वर्तमान परिषद् पार्षदहरु लगायत नेपाल बार एशोसिएशनका उपाध्यक्षहरु र महासचिवको समेतको उपस्थिति भएको थियो ।
उक्त कार्यक्रममा विशिष्टवक्ता वरिष्ठ अधिवक्ता विनोद कुमार शर्मा विशिष्ट मन्तव्य रहेको थियो ।
साथै मिति २०८३।०२।०६ गते सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न अधिवक्ता सुधिज्ञ पन्तलाई समेत सम्मान गरिएको थियो ।

