• TOKHA LIVE

    • ७ मंसिर २०७७, आईतवार १०:३२

    लघुकथा: हाम्रो समाजकाे दर्पण

    डा. किस्मत भण्डारी

    किस्मतकाे घरमा दाजु बिरामी परेछन। दाजुकाे उपचारको लागि भनेर किस्मतले गाऊंभरिका दानवीरहरूसंग हात पसार्दा-पसार्दा बल्लतल्ल जम्मा ३५ हजार संकलन गरेछ।

    केही महिना अघि किस्मतले भैंसी पनि बेचेको थियो ८० हजारमा। घरखर्च गरेर बांकि रहेको ५० हजार जोड्दा ८५ हजार नगद जम्मा भयो । त्यसपछि एऊटा पुरानो तन्ना र बिरामी दाजु पुरुषाेत्तमलाई बोकेर किस्मत विजयपुरखोला तिर झर्‍यो ।

    पाेखराबाट आएको बसले पहाडै थर्काऊने एकोहोरो हर्न बजाउँदै घच्याक्क रोकियो विजयपुरमा। ड्राइभरले छिटो-छिटो भन्दै बसमा कन्डक्टरले चढायाे । बस चढेपछि “ मलाई नभएपनि बिरामी दाजुलाई सीट मिलाई दिनुस न काठमाडौंसम्म ! किस्मतले अनुरोध गर्यो”। बिरामी भनेर सुनेर पनि किन हो कन्डक्टरले छैन, छैन भन्दै कसैलाई ऊठाएन। बसको पछाडी माेडामा बसेर बल्लबल्ल दाजुभाई काठमाडौंसम्म त पुगे !

    सांझ झमक्क परेकोले टिचिङ अस्पतालसम्म पुग्ने मेसो पाएनन्। बिरामी दाजुलाई किस्मतले आफ्नै गोडाको सिरानीमा सुताएर रातभर चक्रपथ महाराजगन्ज चोक नजिकै पेटिमा बसे। पेटिमा बस्दा बस्दै कुनबेला दुबै भुसुक्कै निदाएछन। झपक्क निदाएको किस्मत बिहान ३ बजेतिर कल्ल्याङ्ग मल्याङ्ग आवाज सुनेर बिऊंझंदा त पैसाको थैली गायब थियो। अलि पर नशामा लठ्ठ परेका युवायुवतीहरू एक आपसमा झगडा गर्दै थिए।

    त्यसपछि खै किन हाे ! दाजु पुरुषाेत्तमले आफ्नो थैलीमा धेरै बर्षदेखि राखेको १००० रूपैयांको नोट भाईलाई दिंदै मलीन स्वरमा भनेछन – ल ! टिकट काट् भाई पाेखराको , बांचे बांचौंला, मरे ऊतै मरौंला”। जाउँ भाे उतै !!!

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै