• TOKHA LIVE

    • ८ कार्तिक २०७७, शनिबार १५:१०

    दशैंको ८ दिनमा मात्र सवा २ लाखले छाडे उपत्यका

    टोखा लाइभ । दशैंको घटस्थापनायताको ८ दिनमा सवा दुई लाख मात्र मानिसले काठमाडौं छाडेका छन् । यो संख्या अघिल्ला दशैंहरुको तुलनामा निकै कम हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ८ दिनमा कुल २ लाख १८ हजार ९ सय १६ जना मानिसले काठमाडौं छाडेका छन् । दशैँ सुरु भएयता भने पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस बाहिरिएका छन् ।
    महाशाखाको तथ्यांक अनुसार २४ घण्टामा ४८ हजार ९८ जना मानिस काठमाडौंबाट बाहिरिएका छन् । शुक्रबार भने ३३ हजार ४ सय ४६ जना मानिस बाहिरिएका थिए । घटस्थापनाको दिन २१ जहार ६ सय २ जना मात्र बाहिरिएका थिए ।

    त्यसपछि क्रमशः २१ हजार ४ सय ७८, २३ हजार ३ सय ९२, २३ हजार ३ सय ८३, २२ हजार २ सय ९९ र २५ हजार २ सय १८ जना मानिस बाहिरिएका थिए । अघिल्लो वर्षहरुमा भने दशैं लागेपछि दैनिक एक लाख हाराहारी मानिस बाहिरिने गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै