• TOKHA LIVE

    • २० आश्विन २०७७, मंगलवार ०९:४१

    छिन्न चंगा…..

    • बाबुराम घिमिरे PHD SCHOLAR
    टोखा लाइभ ।एउटा बिरुवा २०२६/१२/२४ गते उम्रिएको थियो | जब बिरुवा उम्रन्छ तब त्यस्को दोहोरो भुमिका सुरु हुन्छ | एकातिर त्यसका जराहरु फैलन्छन्, जराहरुले पानि, खनिज, मिनिरलहरु माटोमा लिन्छन् र फैलन्छन्, तिनको काम माटोको खाद्य पदार्थ बिरुवाका काण्ड, जरा, हाँगा ,पात र टुप्पै सम्म पुर्याउनु हो भने अर्कोतिर पहेलो रंगबाट उम्रिएको बिरुवा हरियो रंगमा बदलिन शुरु गर्छ | एकबाट अर्को दुइ पात, अनि लामो काण्ड, अनि हॉगा , हॉगाबाट सहायक हॉगा र प्रत्येक हॉगासंगै पात, पातको फेदबाट कोपिला, कोपिलाबाट फुल, फुलबाट साना साना दाना हुँदै परिपक्क फल | यहि हो जीवन सञ्चालन प्रकिया र प्रगतिको कथा |

    बिरुवाको उद्देश्य आफु जस्तै अर्को फल दिनु हो, त्यसको गुणात्क सँख्या अनि गुण पनि | कोहि पहिले जस्तो, कोहि अलि अलि फरक, कोहि पुरै फरक, त्यस्तै फलको आकार, फलको स्वाद आदि आदि दिनु हो | फेरि बिरुवा फुलेको, झुलेको बेला, पाकेको बेला र पाकि सकेपछि, फल झरि सकेपछिको बेला पारिवर्तन क्रमश: परिवर्तन भइरहन्छ |
    त्यसको केहि हप्ता महिनापछि, ती हाँगाहरू कोहि फलले तानेर लच्केको, पातहरु पहेलिइई सुकेको, पछि पाउलिन ठाडो भई झप्केको, रंगहरु बदलिएको र पुन: केहि समय पछि हरियो हराभरा भै पुरानै अवस्थामा फर्केको जीवन- चक्र चलिरहन्छ अनवरत रूपले | यो प्रकृति विज्ञानको नियम हो |

    बिरुवाको जरामाझै मानिसको जिवनमा पनि जब बच्चा गर्भधारण हुन, बाबुको शुक्रकिट र आमाको डिम्ब मिलन भई पाठ्यघरमा २८० दिन बिताउछ ।तब जन्मन्छ | जब एउटा लिगं निर्धारण हुन्छ, तब पहिचान बन्छ समाजमा, संस्कार सुरु हुन्छ, साथै दु:ख, उत्सव पिडा, खर्च, रोग, ब्यथा संगै संघर्ष सुरु हुन्छ |

    एकातिर बच्चालाइ हुर्कन बढ्न संघर्ष हुन्छ भने, अर्को तिर आमालाइ दुध चुसाउने, दिशापिसाब, सिंगान, खकार, गंध, दुर्गन्ध साथै उनको चोट, टुटे फुटेको अंगप्रत्यंगको पिडा | त्यसैगरि बच्चा दुध चुस्छ, खान्छ, हास्छ, वातावरण बुझ्छ, उसको शरीरको रंगरोगन, आकार प्रकार बिस्तारै बद्लिदै जान्छ, अब बोल्न,हिड्न सुरु गर्छ, आमाको पनि शरीर पुनर्संरचनाका परिस्थितिहरु निर्माण हुन्छन | यो अर्को खुशि र प्रगतिको चरण हो|

    जब आमालाइ फरक अनुभुति हुन्छ, एकातिर बच्चा हुर्कदै जान्छ भने अर्को तिर खुशी , फेरि टुटेफुटेका शरीर मजबुद हँदै जान्छ | कोषहरुको तीव्र विकासले पुन:उर्बरा हुन पुग्दछ | जसरि बिरुवामा अर्को छिमल फुल खेल्न सुरु गर्छ | त्यसैगरि कुखुराको पोथीले फुल पार्न झैं गाला रातो, ज्यान तातो बन्दै जान्छ | अब फुलमा कोपिला शुरु हुन्छ, त्यतिबेला अघिल्ला फलहरु कोहि स्टोरमा, कोहि पुन: बारिमा र कोहि खायर सकिएको हुन्छ | बारिका फलले पुन: नँया बिरुवा दिन सुरु गर्दछन् | एबं प्रकारले मान्छे युवक, जवान, वृद हुन्छ | त्यो बेला सम्म उसले अर्को पुस्ता पुस्तान्तरण गर्दै, एकदिन पृथ्वी लोकबाट बिदा हुनुपर्छ | यसो गर्दा नियम र प्रकृयालाई कसैले पनि थाहा पाएर वा नपाएर छाड्नै मिल्दैन | संसारमा जीवित बस्तुको बारेमा यो कुनै नौलो कुरो भएन | तर निर्जिबको बारेमा पनि सबै माथिकै कुरा लागु हुन्छ | यो चाहि अर्को अनौठो बिषय भने अबश्य हो | वास्तवमा यो पुर्ण ज्ञानको अभावले नै हो | आफुले जे जानेको छ त्यो शब्दमा मात्र अल्मलिने होइन | जस्तै माटो पनि जन्मन्छ, मर्छ, ढुँगा जन्मन्छ, मर्छ, त्यस्तै पानी, हावा, धुलो, धुवा आदि निर्जिब हुन्, यि कसरि बने वा जन्मिय, यिनको मृत्यु हुन्छ कि हुँदैन? प्रश्न यो हो जो गंभिर छ | तर धेरैलाई यो प्रश्न प्रश्न नै लाग्दैन, किनकि एकथोक बुझेर सब बुझे भनेको हुन्छ | जबकि अरु धरै कोणबाट हेर्नु पर्ने हुन्छ साथै सुक्ष्म अध्ययन जरुरी हुन्छ | अल्प बिध्याभयंकरि हुने खतरा हुँदै गैराछ, त्यसो नहोस |

    तसर्थ हरेक पदार्थ भित्र रहने धनात्मक र ऋणात्मक चार्जहरु ,त्यहि चार्जको आधारमा निर्जीव बस्तुहरुले जीवन सन्चालन गरिरहेका हुन्छन | मानौ त्यो श्वासप्रश्वास हो, रक्तसन्चार हो | बाँच्नु भनेको श्वासप्रश्वास हो ।त्यो हावा हो भने हावा आफु निर्जीव हो | सजिवलाई नभइनहुने पानी पनि निर्जीव हो | बिरुवालाई आहाराको प्रमुख स्रोत माटो निर्जीव हो | जसरि एउटा घर बन्न बर्षौ लाग्छ र सो घरको आयु हुन्छ | त्यहि कुरो माटो, ढुँगा , हावा, पानी सबैमा लागु हुन्छ | सबैको जन्म र मृत्युको समय हुन्छ | केवल सजिलो र सामान्य रुपमा सजिब र निर्जिबको बर्गिकरण र ब्याख्या गरिएको मात्र हो | यत्ति हो कि सबै बस्तुमा प्रकृया : फोटोकपि जस्तै चै हुँदैन ।

    सजीव वा निर्जीव यो प्रमुख होइन, मुख्य यो हो कि संसारमा कसरि सजिव र निर्जीव समन्वय भएर यो विश्व चलिरहेछ ?

    जनावर चराचुरुगिहरूको आ-आफ्नै भाषाहरु छन् | जसरि मानवको भाषा हुन्छ | त्यसमा पनि कागको र कोइलिको भाषा आ-आफ्नै हुने भो, कुनै कुनै भाषा मिल्न पनि सक्छ |
    जसरी मान्छेहरुका फरक भाषाहरु पनि आपसमा केहि मिल्छन् | कुनै प्राणी रस खाई विष बनाउछन्, कुनै बिष खाई रस बनाउछन् |
    कोहि रस खाई रसै बनाउछन्, कोहि बिष खान्छन् र बिषै बनाउछन् | त्यहि हो उसको पहिचान, यो मानिसमा पनि १००% लागु हुन्छ | त्यसैले सबैले सबैलाइ स्विकार्न सक्नु पर्दछ | हामी त्यसैलाइ आफ्नो किसिमले ब्याख्या गर्दछौ | त्यो र यो केबल बुझाइ हो, उ जे हो त्यहि हो र त्यसै हुनुपर्छ, किनकि त्यो नै पहिचान हो | पहिचान उसको संपत्ति हो |
    एउटा सर्प सबैको नजरमा घातक हुन्छ, तर एकातिर उसैले वातावरणको बिषादि हावा सोसिदिएर हामिले लिने श्वास स्वच्छ हुन्छ, भने अर्को तिर सर्पको बिष सर्पबाटै बनाइन्छ | त्यति मात्र नभइ, हाम्रो अन्नबालिमा लाग्ने मुसा खाएर ठुलो सहयोग गर्दछ | तर कहिले काहि, यो प्राणघातक बन्छ | त्यसैले नियम र प्रकृयालाई सहि ढंगले चलाउनु पर्छ | जसरी सौर्यमण्डलमा, सुर्य लगायत अन्य सबै ग्रहउपग्रह आ-आफ्नै नियम अनुसार यात्रा गरिरहेछन् | प्राणिमा उत्कृष्ट नै मानव जाति हो | परुष र महिला यसका बिशेष जाति हुन् | यिनिहरुको बिचमा प्रेम, बासना, रस र माया मोहको प्रकृया चलिरहन्छ | हरेक प्राणि किराफट्यान्ग्रा देखि सबै प्राणिहरुमा त्यहि प्रकृया चलिरेछ उहिले,अहिले र कहिले-कहिले सम्म चलिरहनेछ | यो नै जीवन- यात्रा हो | त्यसैले सबै खगोलीय पिण्ड निर्जीव हुन् | त्यहि खगोलमा हामी जीवित छौ | हामि प्राणीले खगोल बचाए, खगोलले हामिलाइ बचाउँछ | हाम्रो वातावरणको लापरबाह को उपज नै यी विविध महामारी हुन् |

    पानी, खोला, नदिलाई निर्वाद बग्न दिए पहाडको कल्याण हुन्छ | पहाडको निकास निर्वाद हुँदा नदिको अस्त्तित्व रहन्छ | नदीको प्रवाहले पहाड कटान् गर्दछ, छाडेमा सबैको हानी हुन्छ | त्यसैले मानव जाति आफ्नो ड्युटि गर्दैन भने खुशि हानिनोक्सानिको भागिदार अरु को हुन सक्छर? अब म आफुलाई केहि जान्ने बुझ्ने भय जस्तो लाग्न थाल्यो | लाग्न थाल्यो कि बाबु आमा बुढाबुढि हुँदा भनेका कुरा साच्चै उपयोगी रहेछन | ति कुराहरु त्यतिबेला न मैले ध्यान दिए, न कुनै रेकर्ड नै गरियो | अहिले ति कचकच गर्ने बाबा आमा छैनन | तर तिनैको याद आइरहेछ | त्यसैले लाग्यो सायद भोलिका पुस्तालाई पनि यो अनुभूति नहोस जे मलाई भैरहेको छ | चामलको भात खान बिरामी पर्नु पर्ने, कालो पुलिस्टरको पाइण्ट लगाउन एस.एल.सी. जाच दिनुपर्ने | ओइ साइला र माइला भन्यो ।ठुलो कान्छाको घरमा गयो | फलानोले यसो गर्यो, ढिस्कानोले यसो गर्यो, त कुन पार्टिको मा यो पार्टिको भन्यो | सानाले ठुलाको कुरा सुन्यो, मेलापात र जात्रामात्राको कुरा गर्यो आदि आदि | त्यो बेला २०४२/१२/२४ तिर का केहि यात्रानुभुति हुन् | विगत जस्तै बित्ने हो आगत पनि बरु समयमै असल , खराव आफन्त र पराइ राम्ररी चिन्नसक्नु नै यथार्थ जीवन ज्ञान हो ।

    यति हुँदाहुँदै पनि २०७७/१२/२४ गते सम्म माथि जन्मिएको बिरुवा ५०/५१ बर्ष पुरानो रुख भैसक्यो | त्यो रुखले माथिका सबै नियमहरु पालना गर्दैछ | सम्झनुस् एउटा यात्रि ५० बर्षे यात्राकै क्रममा धेरै कोस यात्रा पछि पहाडको माथिल्लो टुप्पोमा सुस्ताउदै, आफ्नै यात्रा फर्केर हेर्दा यात्री भेटिन्छ, एउटा बिशाल कोसे ढुँगोमा | उसैको हातमा एउटा किताब हुन्छ, कोसे ढुँगोमा ! भाग-१ (एक) | जसमा यस्तो लेखिएको थियो |

    नेपाली बृहत् शब्दकोशका अनुसार, कोसको अर्थ जमिनको लम्बाइलाई नाप्दा २ माइल लामो परिमाण, ८००० हात, ४००० गज लम्बाइको नापो, ८०० धनु वा ३५२० गजको दुरि | कोसे ढुंगाको अर्थ कोस कोसको फरकमा गाडिने ढुंगा, सीमा निर्धारण गर्न योग्य घटना उल्लेखनीय कुरा, आदि आदि पाइन्छ | १ गज = १६ गिरा वा ३६ इन्च अथवा ३ फुट लम्बाइको नापाे | १ माइल = १.६०९३४४ km हुन्छ | २*१.६०९३४४ km =३.२१८६८८ km = १ कोस हुन्छ |

    कोसेढुंगालाई अंग्रेजीमा माइलस्टोन भनिएको छ | कुनै पनि किसिमको यात्रा गर्ने क्रममा, केही दूरी हरु पार गर्नुपर्ने हुन्छ | उक्त दुरी पार गर्दा परापूर्वकालदेखि स्मरणको लागि ठाउँ-ठाउँमा पुगेपछि ढुंगाहरु गाड्ने गरेको मैले विभिन्न यात्राको क्रममा देखेको छु | यही ढुंगालाई कोसेढुंगा भन्ने बुझिन्छ | अक्सफोर्ड डिक्सनरि अनुसार, Milestone : १. a stone set up beside a road to mark the distance in miles to a particular place. २. a significant stage or event in the development of something.

    यो प्राचीन भारतीय उपमहाद्वीपमा इसापूर्व चौथो शताब्दीदेखि प्रचलनमा आएको हो | मुगल साम्राज्य अकबरको शासनकाल हुँदै आजसम्म पनि प्रचलनमा छ | मुगल सम्राट अकबरको गुजलाई १ गज मानेर यो प्रचलनमा आएको | नेपालमा यसको प्रचलन व्यापक थियो र अझै छ पनि | m=ft/३.२८०८हुन्छ |२०२६/१२/२४-२०७७/१२/२४ गतेका दिन ५१ वर्ष पुरा भएको दिन हो | एक वर्षमा ३६५ दिन हुन्छ | यस धर्तीमा पाइला टेकेको ५१ *३६५‍=१८६१५ दिन पुगिसकेको हुन्छ | एउटा आर्टिकलका अनुसार, How Far Can a Healthy Person Walk? ByWendy Bumgardner. Reviewed by Michele Stanten on April 29, 2020. In This Article मा Estimate Your Walking Distance: A trained walker can walk a 26.2-mile marathon in eight hours or less, or walk 20 to 30 miles in a day. लेखिएको छ | यदि मअनवरत यात्री हो भने ८, ९८, ७३८.१५६८ km हुनुपर्नेछ | यी विदेशीले पैदल यात्राको विवरणमा बताएअनुसार एक दिनमा सामान्यतया १५ कोस यात्राको आधार तयार गर्ने हो भने, १८६१५ दिन * १५ कोस= २,७९,२२५ कोस यात्रा मैले जीवनमा गरिसकेको हुनुपर्नेछ |

    मानिसले उसको जीवनकालमा यात्रा अभ्यास गर्यो भने १५ देखि २० लाख किलोमिटर यात्रा गर्न सम्भव हुँदोरहेछ | अनुमानित पाँचदेखि सात लाखको कोष यात्रा गर्न सम्भव छ जीवनमा | यात्राले जीवनलाई रमाइलो, नियमित रअनुशासित बनाउछ | सबैले यात्रा बुझ्नुपर्छ जीवनलाई | यात्रामा समयको महत्व जसले बुझेको छ, उसले जीवन सार्थक बनाउछ | सिङ्गै पृथ्वीको व्यास १२,७४२ किलोमिटर छ | c=d अनुसार पृथ्वीको परिधि ८०,०९३ किलोमिटर हुन्छ | त्यसैगरी सोही परिधि करिब २४,८८३.७५ कोस हुन्छ | प्रसङ्ग हो म र मेरो जीवनकालको यात्राको | यसबाट पुष्टि हुन्छ पृथ्वीलाई यात्राको क्रममा २,७९,२२५/२४,८८३.७५ = ११. २३ फन्को मार्न सकिन्छ | यद्यपि यो गणितीय रुपको सूत्रात्मक कुरो व्यवहारमा कठिनाई होला | यो निश्चित छ कि एक फन्को त सम्भव छ | यी कुराहरु सुन्न कथा लाग्छ, देख्दा कहानी लाग्छ, जब आफूले भोगिन्छ नि, तब जिन्दगी लाग्छ | त्यसैले मेरो मनमा उठ्ने प्रश्न यही हो | मैले कति यात्रा गरेका गरें हुँला? यी यात्राको उद्देश्य के – के होला त? यात्राले म बाहेक अरुलाई, मेरो देशलाई, विश्वलाई के दिन्छ त? अरुले मलाई कसरी चिन्छन्? अरुले मलाई के पाउँछन्? अरुलाई म जन्मनु र मर्नु कुनै अर्थ छ कि छैन? म यसैको अर्थ खोज्दैछु यात्रामा, केबल ५० कोषको यात्रामा! त्यही कोशहरुमा गाडीएका ढुंगाहरु मध्येको, एउटा ढुङ्गो हो, कोसेढुङ्गो (Milestone) |

    डिजिटलमा सिस्टममा हुर्किएका नयाँ पिढि हरुले, समाज विकासको क्रम यात्राबाटै सुरु भयो भन्ने बुझेका छन् कि छैनन्? डार्बिनको सिद्धान्त बुझेका छन् कि छैनन्? यात्रा समाज विकासक्रमको एउटा राम्रो प्रयोग हो | हाम्रा पिता पुर्खा हरुको स्वीकार र फिरन्ते जीवन बाट हामी विकसित भएका हुन् | यात्रा रह्यो कि वाध्यता त्योबेलाको यात्रा कुनै विकास सम्भव छैन भन्न सकिन्छ | किनकि कुनै पनि कुरा सिक्न बुझ्न भेटघाट गर्न ठाउँ देखन, तपाईं आफ्नो ठाउँ छोड्ने छाड्नैपर्छ | कृषि विकासको क्रममा यात्रा गर्ने क्रममा घोषित हुँदा स्थापना भएको थियो |

    प्रथम शताब्दीमै १६९जना चिनियाँहरू भारत हुँदै नेपाल आएका थिए | भारतका अशोकले इस्वी संवत २४६ मा धर्म दूत नियुक्त गरी, इस्वी संवत २१७७ बुद्धधर्म प्रवेश गराएका थिए, तिब्बतमा उनीहरु नेपाल हुँदै १२६ जना धर्मभाँडहरु पैदल यात्राबाट गएका थिए | तुर्कमिनिस्तानका फिरन्ते जातिहरु द्वारा इसापूर्व प्रथम शताब्दीमा चीनमा बुद्धधर्म ल्याइएको थियो | तिनका पुर्खाहरुको यहाँ कपिलवस्तुकाहरू भएको कुरा पुष्टिको नजिक पुगेको छ | इटालीका व्यापारी मार्कोपोलो व्यापारिक रुट पैदलयात्रा अहिले सिल्करोड विश्वव्यापीकरण हुँदैछ | यही रोग एउटा आधार बनेको छ, मार्कोपोलो भारतलगायतका व्यापार गर्न पैदलयात्रा गराई पुगेका थिए | सगरमाथाको टुप्पोमा पैताला राख्ने महान, पैदल यात्राकै साहरामा विश्वमा व्यापार, राजनीति, धर्म, सहारा कुराहरूको प्रचार-प्रसार हुँदै महाशक्ति फैलाउन सम्भव भएको थियो | इतिहासमा एउटा खुकुरी हातमा लिएको भरमा, मेसिनगन चलाउनेका विरुद्ध, मान्छेको घाँटी छिनाल्ने नेपालि साहासिक बहादुर देशीय जन्मेर हुर्केर यात्राका बारेमा काँतर पुरा गर्नु नाजायज हुनेछ |

    मेरो इच्छा: १00 बर्ष बाँच्ने हो किनकि समाजलाई धेरै दिन बाँकी छ | यसलाई धेरै गरेर आफू आत्मसन्तुष्टि हुन पनि भाग-१ भर्खर सुरुवात भएको छ | नत्र यी कामहरु भ्याउन सम्भवै छैन | यदि यी कामहरु पाइएन भने भावी पुस्ताले केही पनि थाहा नपाउन सक्छन् | किनकि इतिहास भनेको घर भवन मात्रै होइन रहेछ, विचार पनि रहेछ, आदर्श पनि रहेछ त समाज विचित्र पनि रहेछ | लेखेर बनाएको चित्र, कोरेर बनाएको चित्र र मानसपटलमा रहेको चित्र लाई एकमुष्ट रुपमा एउटा पुस्तकको रुप दिन र सयौं पुस्तक दिन बाँकी छ भन्ने भावना अनुसार कमसेकम पुस्तकालयमा राखिदियो भने, कोही त मेरो जस्तै अवस्था भएपछि त पढ्लान्कि भन्ने मैले आशा गर्दछु |

    यो समग्र यात्राको निचोड पनि हो, तर पुर्ण होइन, क्रमश: ……. हो | यात्रीका अनुसार, यति लामो यात्रा गर्दा के के उपलब्धिहरु भए? जे सुकै भएपनि यो प्रकृतिको नियमलाई अनुसरण गर्नु मेरो कर्तव्य हुनेछ | यात्रामा कहिल्यै वॉकी यात्राको चिन्ता नगर्नु, सकेको यात्राको अनुभुति गर्नु | त्यसैले वॉकी यात्रालाई उत्साह प्रदान गर्दछ | यो प्रसंगमा बाल्यकाल, शिक्षा, शिक्षण पेशा, राजनीति, सामाजिक कार्य, जेल जीवन, प्रेम र वैवाहिक जीवन, आर्थिक समृद्दि, ग्रिन दरबार, बाबु आमालाई चितामा जलाँउदा, जीवनका रमाईला क्षण, जीवनका दुःख र कष्टका क्षण, जीवनका उद्देश्य र किन यो चरणमा पुगियो? जसको एक एक ब्याख्या यहाँ गरिएको छैन | परिमार्जित रुपमा यो आउने छ | भविष्यलाई र भावी पुस्तालाई केहि एतिहासिक विषय प्रसंगहरु पुन:स्मरण होस् यहि कोसे ढुन्गो! भाग-१ (एक) |

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै