• TOKHA LIVE

    • २० आश्विन २०७७, मंगलवार ०५:१५

    प्रसुती गृहमा नुवाकोटकी २८ वर्षिया एक महिलाले जन्माइन ५ शिशु :-

    टाेखा लाइभ असोज २० काठमाडौं ।

    एक आमाको कोखबाट जुम्ल्याहा शिशु जन्मनु समेत ठूलै कुरा मानिन्छ । कँही कतै तीन या चार जना शिशु सम्म जन्मेको सुनिन्छ । तर,सोमवार नेपालमा एक आमाले ५ शिशुलाई एकै पटक जन्म दिएकी छिन् । यी भाग्यमानी आमा हुन, नुवाकोटकी २८ वर्षिया सोमिका तामाङ । उनले थापाथलीस्थित प्रसुती गृहमा एकै पटक पाँच शिशुलाई धर्तीमा आगमन दिइन् ।

    त्यसमध्ये एक जनाको भने आमाको कोखमै ज्यान गएको थियो । चार शिशु भने स्वस्थ अवस्थामा छन् । नेपालको सरकारी समाचार समिति राससले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा. सङ्गीता कौशल मिश्रलाई उदृत गर्दै लेखेको छ ।

    डा. मिश्रका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य छ । अक्सिजन पनि दिनुपरेको छैन । अहिले बच्चाहरुलाई भने शिशु उपचार सघन कक्षमा राखिएको छ । रासससँग डा. मिश्रले बताए अनुसार एक महिलाबाट पाँच शीशुको जन्म विरलै हुने परिघटना हो ।

    जीवित शिशु सबै छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । तामाङको यसअघि दुई पटकसम्म शिशु नजन्मेर खेर गएको बताइएको छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै