• TOKHA LIVE

    • १९ आश्विन २०७७, सोमबार १९:३२

    उनकै सम्झनामा

    मनले खाएको मान्छे लाश बन्दा नि
    कहिलै कहिलै पनि पराई हुनै सक्तैन
    धर्ती छोडेर उ खरानी भएर उडे नि
    उ छैनन् अब भन्ने विश्वासै लाग्दैन
    उसंग बितेका हर पलहरु बाँचिरहन्छ
    सम्झनाभरि उ यसरी मुस्कुराइ रहन्छ
    उसको तन नहुनुको कुनै अर्थै हुन्नन्
    मनले खाएको मान्छे लाश बन्दा पनि
    सुस्सुम्याएर चुम्दा नि डर नै लाग्दैन

    सुनिन्न पो उ छेउमै बोलिरहेको हुन्छ
    हात पो देखिन्न स्पर्श गरिरहेकै लाग्छ
    उ मरिसक्यो भन्दै रोई बस्नु व्यर्थ छ
    मनले खाएको मान्छे लाश बन्दा पनि
    हात समाई बसिरहँदा नि भर छुट्दैन

     

    –ओमशंकर श्रेष्ठ– १९ । असोज । ०७७

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै