मनले खाएको मान्छे लाश बन्दा नि
कहिलै कहिलै पनि पराई हुनै सक्तैन
धर्ती छोडेर उ खरानी भएर उडे नि
उ छैनन् अब भन्ने विश्वासै लाग्दैन
उसंग बितेका हर पलहरु बाँचिरहन्छ
सम्झनाभरि उ यसरी मुस्कुराइ रहन्छ
उसको तन नहुनुको कुनै अर्थै हुन्नन्
मनले खाएको मान्छे लाश बन्दा पनि
सुस्सुम्याएर चुम्दा नि डर नै लाग्दैन
सुनिन्न पो उ छेउमै बोलिरहेको हुन्छ
हात पो देखिन्न स्पर्श गरिरहेकै लाग्छ
उ मरिसक्यो भन्दै रोई बस्नु व्यर्थ छ
मनले खाएको मान्छे लाश बन्दा पनि
हात समाई बसिरहँदा नि भर छुट्दैन
–ओमशंकर श्रेष्ठ– १९ । असोज । ०७७

